गृहपृष्ठ नेपाल बंगलादेश बैँकले प्रहरीलाई साढे १८ लाख सहयोग गर्ने
नेपाल बंगलादेश बैँकले प्रहरीलाई साढे १८ लाख सहयोग गर्ने
नेपाल बंगलादेश बैंकले ‘काठमाडौँ प्रहरी अवार्ड’को लागि १८ लाख ६० हजार सहयोग गरेको छ । प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म प्रत्येक महिना एक जनालाई उत्कृष्ट प्रहरी घोषणा गर्न बैंकले सो रकम सहयोग गरेको हो । एक कार्याक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेल र बैँकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । अब परिसरले हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कारका प्रदान गर्नेछ ।
पुरस्कारको राशि जवानलाई रु दश हजार, प्रहरी हबल्दारलाई रु १५ हजार, प्रहरी सहायक निरीक्षकलाई रु २० हजार, प्रहरी नायब निरीक्षकलाई रु २५ हजार, प्रहरी निरीक्षकलाई रु ३५ हजार र प्रहरी नायब उपरीक्षकलाई रु ५० हजार पुरस्कार हुनेछन् । अहिले परिसरमा ३३ सय जना प्रहरी कार्यरत रहेका छन् । जसमध्ये प्रत्येक वर्ष ७२ जना प्रहरी पुरस्कृत हुनेछन् ।-रासस
प्रकाशित समय : ०१:०१ बजे

















