गृहपृष्ठ सरकार जाने विषय टुंग्याउन फोरम आन्तरिक तयारीमा

सरकार जाने विषय टुंग्याउन फोरम आन्तरिक तयारीमा

सरकार जाने विषय टुंग्याउन फोरम आन्तरिक तयारीमा

काठमाडौ । ओली नेतृत्वको सरकारसँग अन्तिम सहमति गर्नुअघि संघीय समाजवादी फोरमले आन्तरिक छलफल गर्न थालेको छ। सरकारसँग भएको वार्ताका बारेमा जानकारी दिन फोरमले आकस्मिक रुपमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । बैठक अहिले केही बेरमा पार्टी कार्यालय तीनकुनेमा बस्दैछ । सरकारसँग भएको वार्ताका बारेमा जानकारी दिन र सहमति अगाडि पार्टी नेताहरुको परामर्श लिन अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् । बैठकका लागि काठमाडौंबाहिर रहेका नेताहरुलाई काठमाडौं बोलाइएको छ । बामगठबन्धनसँग मन्त्रालयमा लगभग कुरा मिलेको भएपनि कुन मन्त्रालय भन्ने अझै टुंगिन वाँकी रहेको नेताहरुले बताएका छन् । त्यसबारे बैठकमा थप परामर्श हुने बताइएको छ ।

प्रकाशित समय : १४:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु