गृहपृष्ठ एमाले स्थायी कमिटीको बैठक बस्दै
एमाले स्थायी कमिटीको बैठक बस्दै
![एमाले स्थायी कमिटीको बैठक बस्दै एमाले स्थायी कमिटीको बैठक बस्दै](https://archive.newskarobar.com/wp-content/uploads/2018/03/Ex-PM-KP-Sharma-Oli.gif)
काठमाडौं । राष्ट्रपतिको उम्मेदवार टुंगाउन एमाले स्थायी कमिटीको बैठक बस्दै काठमाडौं नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । दिउसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा राष्ट्रपतिको उम्मेदवार चयन गर्नेबारे छलफल हुनेछ । राष्ट्रपति चुनाव अन्तर्गत बुधबार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्ने भएकाले आज उम्मेदावरको टुंगो लगाउन स्थायी कमिटी बसेको हो। वाम गठबन्धनबीचको सहमति अनुसार राष्ट्रपति एमालेले र उपराष्ट्रपति नेकपा माओवादी केन्द्रले लिने सहमति भएको छ । स्रोतका अनुसार एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै दोहो¥याउने संभावना बढी छ । माओवादी भित्र पनि उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै
दोहो¥याउने तयारी गरिएको छ । निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको निर्वाचन गर्ने मिति तोकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । यसअघि हिजो नामावली प्रकाशन गरी दाबी विरोधको उजुरी लिएको आयोगले आज उजुरी उपर छानवीन गरी अन्तिम नामावली प्रकाशन गर्न लागिएको आयोगले जनाएको छ । राष्ट्रपति चयनका लागि संघीय संसद सदस्य र प्रदेश सभा सदस्यले मतदान गर्न पाउने व्यवस्था छ ।
प्रकाशित समय : १४:०२ बजे