global ime bank Long Banner Ad

गृहपृष्ठ रारा तालबाट प्रधानमन्त्रीको सम्बोधन, ओली भन्छन्, ‘राराबाट पर्यटनको बिगुल बजाइनेछ’

रारा तालबाट प्रधानमन्त्रीको सम्बोधन, ओली भन्छन्, ‘राराबाट पर्यटनको बिगुल बजाइनेछ’

रारा तालबाट प्रधानमन्त्रीको सम्बोधन, ओली भन्छन्, ‘राराबाट पर्यटनको बिगुल बजाइनेछ’


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्ध्घाटन गर्न राराताल जाने कार्यक्रम छ ।
त्यही बेला देशबासीलाई सम्बोधन गर्ने भएका हुन् । ‘कर्णाली प्रदेशले आयोजना गरेको पयर्टन वर्ष २०७५ को पहिलो पर्यटक मै हुन्छु,’ जिफन्टको सातौं महाधिवेशनको बुधबार उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राराबाट पर्यटनको बिगुल बजाइनेछ ।’
वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने उनले बताए । ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ,’ ओलीले भने, सरकारले नेपाल बनाउँछ । केहीवर्षमै मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरल्याण्ड जस्तो भन्नेछन् ।’

प्रकाशित समय : २३:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु