global ime bank Long Banner Ad

गृहपृष्ठ यौन सम्बन्ध राख्न नदिएपछि प्रहरीले नै हत्या गरेको खुलासा

यौन सम्बन्ध राख्न नदिएपछि प्रहरीले नै हत्या गरेको खुलासा

यौन सम्बन्ध राख्न नदिएपछि प्रहरीले नै हत्या गरेको खुलासा


सुर्खेत । नागरिकको सुरक्षाको जिम्मा पाएको प्रहरी नै हत्या, अपहरण, बलात्कार र लुटपाटमा संलग्न हुँदै आएको अब नयाँ समाचार भएन नै । प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महशुस गर्नु पर्नेमा नागरिक उल्टै डराउनुपर्ने अवस्था सिर्जना भएको छ । सुर्खेतमा पनि त्यस्तै घटना घटेको छ ।
एसइई दिन डेरमा बसेकी एक छात्रालाई ट्राफिक प्रहरीकै अगुवाईमा हत्या भएको छ । पञ्चपुरी नगरपालिका–३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको हत्या ट्राफिक प्रहरीले यौन सम्बन्ध राख्न नदिएकै कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दैलेख घरभई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरका कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी कार्यालय बाबिचौरका प्रमुख प्रहरी निरिक्षक सुशोभन श्रेष्ठका अनुसार उनीहरुले गौरीकलाको हत्या गरेको स्वीकार गरेका छन् ।
यौन सम्बन्ध मोटरसाइलकमा राखेर घरभन्दा टाढा लिने क्रममा दुर्घटना हुँदा गौरीकलाको मृत्यु भएको उनीहरुले बयन दिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले हत्याराहरुको बारेमा विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

प्रकाशित समय : २३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु