काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिब्यारेल ७० डलरमाथि पुग्यो कच्चा तेलको मूल्य

10.69K
shares


काठमाडौं । नोभेम्बर २०१४ पछि पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ७० अमेरिकी डलरको उचाईमा पुगिसकेको छ । यो स्तरलाई पनि उछिनेर मूल्य अझै बढ्नसक्ने देखिन्छ । अन्तर्राष्ट्रिय बजारको बढ्दो मूल्यवृद्धिको प्रभाव नेपालजस्तो देशको आन्तरिक बजारमा समेत देखिइसकेको छ ।
यही कारण नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भइसकेको छ । यही क्रममा पेट्रोलियम पदार्थको मूल्य अझै बढ्नसक्ने भन्दै अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । अमेरिकाले फेरि एकपटक मध्यपूर्वी क्षेत्रको तेल उत्पादक इरानमाथि प्रतिबन्ध लगाउनसक्ने संभावना बढेको आशंका गर्न थालिएको छ ।
पछिल्लो समय अमेरिका र इरानबीच बढ्दो तनावकै कारण कच्चा तेलको मूल्य समेत बढिरहेको बताइन्छ । यदि यो तनाव गएर प्रतिबन्धमा टुंगियो भने तेलको भाउले आकाश छुनसक्छ । अमेरिकाले इरानमाथि प्रतिबन्ध लगायो भने कच्चा तेलको निर्यातमा समस्या उत्पन्न हुनेछ र यस्तो अवस्थामा आपूर्ति कम हुने भएकोले तेलको मूल्यमा भने तीव्र बढोत्तरी हुनेछ ।
कच्चा तेलको ठूलो उत्पादक भेनेजुएलामा आर्थिक संकट आएका कारण समेत उत्पादनमा गिरावट आइरहेको देखिन्छ । आर्थिक सर्वेक्षणमा भनिएको छ कि सन् २०१९ मा तेलको मूल्य १२ प्रतिशतले वृद्धि हुनसक्छ । कच्चा तेलको मूल्य वृद्धि हुँदा नेपालले आयात गर्ने पेट्रोलियम पदार्थको मूल्य समेत बढ्नेछ ।
यसले भारतसँगको व्यापार घाटा अझ बढाउनेछ भने देशकै आर्थिक सन्तुलनमा समेत नकारात्मक प्रभाव पार्नेछ । तेलको मूल्य बढेलगत्तै ढुवानी खर्च समेत बढ्नेछ र यसले आम उपभोक्तामा महङ्गीको चर्को मार व्यहोर्नुपर्ने अवस्था समेत नित्याउन सक्ने विश्लेषण हुन थालेको छ ।