global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ पत्रकारहरुको साझा संस्था ६३ औं वर्षमा, पेशालाई अझ मजबुत बनाउन आग्रह

पत्रकारहरुको साझा संस्था ६३ औं वर्षमा, पेशालाई अझ मजबुत बनाउन आग्रह

पत्रकारहरुको साझा संस्था ६३ औं वर्षमा, पेशालाई अझ मजबुत बनाउन आग्रह


बाँके । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६३ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा पत्रकार महासंघले देशभर विभिन्न कार्यक्रम गरिरहेको छ । यसै अवसरमा नेपाल पत्रकार महासंघ बाँके शाखाले पनि स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य झलक गैरेले आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना व्यक्त गर्दै पत्रकारिता पेशालाई अझै मजबुत बनाएर अघि बढ्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।
कार्यक्रममा पूर्व केन्द्रीय सदस्य प्रेम केसीले सत्यतथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्नुपर्नेमा जोड दिँदै पत्रकारितामा शुद्धिकरण आवश्यक रहेको औल्याएका छन् । बाँके शाखाका पूर्व अध्यक्ष निरज गौतमले सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै खबरदारीका लागि अहंम भूमिका निर्वाह गरेको बताए ।
प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष हेमन्त विकले नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महासंघमा रहेका निस्क्रिय सदस्यहरुलाई स–सम्मान विदाई गर्न आग्रह गरे ।
प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले पत्रकारिता पेशाबाट विचलित नभई महासंघको उद्देश्य हासिल गर्न लागिरहने प्रतिवद्धता व्यक्त गर्दै गैरपत्रकारहरुका लागि महासंघले सदाका लागि ढोका बन्द गर्न आग्रह गरे । निवर्तमान शाखा अध्यक्ष रुद्र सुवेदीले पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरुलाई सदाका लागि समाधान गर्नुपर्नेमा महासंघ अघि बढ्नुपर्ने बताएका थिए ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुरसिंह थारुले जिल्लामा रहेका सञ्चार उद्योगहरुको संस्थागत विकास र श्रम अधिकारको स्थापनाका लागि आफू प्रतिवद्ध रहेको बताएका थिए । सो अवसरमा केक पनि काटिएको थियो । कार्यक्रममा सहसचिव काशीराम शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव तिलक गाउलेले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रकाशित समय : १८:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु