काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पत्रकार महासंघको प्रदेश समिति निर्वाचनका लागि कार्यालय स्थापना

10.61K
shares

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रदेश समिति निर्वाचनका लागि गठित केन्द्रीय निर्वाचन समितिको कार्यालय स्थापना गरिएको छ । केन्द्रीय निर्वाचन समितिको संयोजक बबिता बस्नेतको अध्यक्षतामा आज बसेको बैठकले काठमाडौँको सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयमा निर्वाचन समितिको कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।
बैठकले प्रदेश समितिको निर्वाचनका लागि मतदाता नामावली यथाशीघ्र उपलब्ध गराइदिन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ । अर्काे बैठक २१ गते बुधबार बस्ने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । पत्रकार महासंघको प्रदेश समितिको निर्वाचन आगामी वैशाख २२ गते हुँदैछ ।