काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल टेलिकमको मिस्ड कल एलर्ट सेवा पुनः सञ्चालन

11.95K
shares

काठमाडौं– नेपाल टेलिकमले मिस्ड कल एलर्ट सेवा पुनः सञ्चालन गर्ने भएको छ । गणतन्त्र दिवस २०७५ को अवसर पारेर कम्पनीले जेठ १५ गतेदेखि मिस्ड कल एलर्ट सेवा पुनः सञ्चालनमा ल्याउन लागेको हो ।
जीएसएम पोस्टपेड तथा प्रिपेड मोबाइलमा यो सेवा उपलब्ध हुनेछ । सेवा सुरु भएपछि सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्विच अफ भएको अवस्थामा कसैको कल आएमा पछि एसएमएसमार्फत नोटिफिकेसन आउनेछ ।
सेवा सुरु गर्न उपभोक्ताले sub mca लेखेर १४०० मा एसएमएस गर्ने वा *1400# डायल गर्नुपर्ने हुन्छ । नेपाल टेलिकमको जीएसएम मोबाइल फोन प्रयोगकर्तालाई हाल यो सेवा १५ दिनका लागि कम्पनीले निःशुल्क उपलब्ध गराउने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यसपछि भने मासिक रुपमा ५ रुपैयाँ शुल्क लाग्नेछ ।
यस्तैगरी गणतन्त्र दिवसकै अवसरमा कम्पनीले १८ रुपैयाँमै एक घण्टासम्म भ्वाइस, एसएमएस र डाटा चलाउन सकिने ‘अनलिमिटेड प्याक’ अफर ल्याएको छ । जीएसएम तथा सीडीएमए मोबाइल प्रयोगकर्ताले सो अफर उपभोग गर्न सक्नेछन् । प्रयोगकर्ताले एक घण्टासम्म कम्पनीको नेटवर्कभित्र जति पनि कल गर्न र एसएमएस पठाउन तथा डाटा चलाउन सक्नेछन् । त्यसैगरी १२ रुपैयाँमा कम्पनीको नेटवर्कभित्र १ सय २० वटा एसएमएस पठाउन सकिने ‘एसएमएस प्याक’ पनि ल्याएको छ । सो प्याक पाँच दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ ।
अनलिमिटेड प्याक र एसएमएस प्याक जेठ १४ गतेदेखि २८ गतेसम्म खरिद गर्न सकिने कम्पनीले जनाएको छ । प्याकेज खरिद गर्नका लागि *1415*8# डायल गर्नुपर्ने हुन्छ ।