गृहपृष्ठ स्तन र खाना नलीकाे क्यान्सरबारे काठमाडाैंमा विश्वस्तरीय सम्मेलन
स्तन र खाना नलीकाे क्यान्सरबारे काठमाडाैंमा विश्वस्तरीय सम्मेलन
नेपाल मेडिसिटी अस्पतालले स्तन र खाना नलीको क्यान्सर रोग सम्बन्धमा विश्वस्तरीय सम्मेलन गर्ने भएको छ । सम्मेलन श्रावण १४ देखि १६ गतेसम्म नपाल मेडीसिटी अस्पतालमा हुनेछ ।
अमेरीकाको येलन्यू हेभन अस्पताल र नेपाल मेडिसिटी अस्पतालले संयुक्त रुपमा नेपालमा पहिलो पटक यस्तो कार्यक्रम गर्न लागेका हुन् । नसर्ने रोगको संख्यामा वृद्धी र यसको विश्वभरीनै समस्याको रुपमा रहेकोले यो कार्यक्रम गरिएको डा. सुनिलकुमार शर्मा ढकालले जानकारी दिए । नसर्ने रोगमा पनि क्यान्सर त्यसमा पनि महिलामा हुने स्तन क्यान्सरको समस्या दिनानु दिन बढ्दै गएको डा. शर्माले बताए ।
नेपालमा हुने स्तन क्यान्सर पश्चिमा मुलुकको भन्दा बढी समस्यायुक्त र जटिल रहेको उनले जानकारी दिए । उनका अनुसार पश्चिमा मुलुकको महिलामा ६० बर्ष भन्दा बढी उमेरका महिलालाई स्तन क्यान्सर हुनेमा नेपालमा भने ४० बर्ष आसपासमै यस्तो समस्या देखिएको छ । यो सबै जीवनशैली खानपन लगाएतको कारणले भएको उनको भनाई थियो ।
‘उपचार, पुनस्र्थापना र भविष्यको आधारहरु’ भन्ने मूल नारासहित हुने कार्यक्रममा नेपाल र अमेरीकाबाट गरी २ सय भन्दा बढी क्यान्सर रोग विशेषज्ञ, शल्यचिकित्सक, फिजिसियन, रेडियोलोजिष्टहरुको सहभागीता रहने छ । अमेरीकाबाट डा. डिकरम्यान होलिस्टरको नेतृत्वमा ७ जना विशेषज्ञ सम्मिलित टोलीको सहभागी रहने डा. शर्माले बताए ।
सम्मेलनमा स्तन क्यान्सर रोगका चरणहरु, रेडियोलोजी सेवा, शल्यक्रिया, किमोथेरापी, दुखाई व्यवस्थापन लगायत शल्यक्रिया एवं उपचारको बारेमा अन्तक्र्रिया गरिने छ ।
प्रकाशित समय : ००:३६ बजे


















