Nepalese Flag २०७७ फागुन १७ गते सोमबार   |   March 01, 2021

गोरे पक्राउ पर्नुअघि पत्नी नर्वदा र सर्इ सञ्जेलबीच २० मिनेट फोन वार्ता (अडियाे सहित)

न्युज कारोबार काठमाडौं जेठ २१, २०७५       

गोरे पक्राउ पर्नुअघि पत्नी नर्वदा र सर्इ सञ्जेलबीच २० मिनेट फोन वार्ता (अडियाे सहित)
काठमाडौं– जेठ ११ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ यतिबेला पुर्पक्षका लागि थुनामा छन् । त्यसअघि गोरे फरार थिए । गोरेलार्इ सुन प्रकरणबाट बचाउन धेरै प्रयास भएका तथ्यहरू एकपछि अर्को गर्दै बाहिरिइरहेका छन् । गोरेले महानगरीय अपराध महाशाखाका सई बालकृष्ण सञ्जेल र डीएसपी प्रजित केसीसँग कुराकानी गर्नुअघि गोरेकी पत्नी नर्वदा खरेल र प्रहरी सर्इ सञ्जेलबीच के कुराकानी भयो ? गोरेकी पत्नी नर्वदा र सर्इ सञ्जेलबीच टेलिफोनमा भएको कुराकानी : सञ्जेल : हेल्लो ! गोरे पत्नी : हल्लो, मामा नमस्कार ! सञ्जेल : नमस्ते ! गोरे पत्नी : अहिले भान्जा (गोरे) को नम्बर चेन्ज हुँदैछ रे कि.. सञ्जेल : नम्बर चेन्ज हुन्छ रे कि भान्जाको ? कुन नम्बर ? गोरे पत्नी : मलाई त नम्बर सम्बर कहाँ छन् के छन् थाहा छैन । सञ्जेल : सुन्नु न.. अब भाञ्जालाई एकदम राम्रो गर्न खोजेको थिएँ । ठूलो गल्ती गरे भाञ्जाले । कुरा त थाहा भयो नि ? गोरे पत्नी : कुरा अलिअलि सुन्दैछु । त्यति राम्रोचाहिँ भएको छैन । सञ्जेल : अब म भन्दिन्छु है । मान्छे मरिसक्यो । भाञ्जाले मान्छे लगाएर मार्‍यो । भाञ्जाले मलाई ढाँटे । के ढाँटेभन्दा इन्डियनहरु भने । ल ठीक छ । मैले त्यो पनि मिलाइदिएँ । अनि, भाञ्जा कमसेकम यहाँ आइदिएको भए हुन्थ्यो । मैले डीएसपी सा’ब लिएर आएको थिएँ । अहिले डेड बडीहरु सबै उता लगिसकेको छ, विराटनगर । हामी विराटनगरमै छौं । रातभरी नसुती आएको । डिएसपी सा’बले भन्नुभएको थियो, दुईवटा केटा भेटेको छ नि ! त्यो काफ्ले र कार्की । चिन्नु भो ? गोरे पत्नी : अँ.. मने । सञ्जेल : अँ.. तिनीहरु लास्टै फटाहा रहेछन् । सुरुमा हुन्छ.. हुन्छ भनेछन् भाञ्जालाई । भाञ्जा विश्वास गर्छन् नि त मान्छेको एकदमै छिटो । गोरे पत्नी : एकदमै विश्वास । सञ्जेल : उनीहरुले विश्वासघात गरिसके । उनीहरुले हुन्छ.. हुन्छ मिल्छु मिल्छु भने । सबैतिर हल्ला गरिसके, उसैले हानेको हो । मारेको पनि उसैले हो । उनीहरुले गोरेले मारेको भनेर हल्ला गरिसके । एक जना स्वीकार गर्ने मान्छे छ । त्यो पनि ठीक छ । भोलि पर्सी कानुनी कुरामा उनीहरुले नाम नदिएर भाञ्जा पर्नु नपर्नु त्यो कानुनको कुरा हो । अर्को कुरा के छ भने भाञ्जा यहाँ आइदिएको थियो भने सबै राम्रो हुन्थ्यो । अब त अतिकति झ्याउ भयो । गोरे पत्नी : कहाँ छन् त मलाई थाहा छैन । सञ्जेल : होइन, भाञ्जाले त मलाई फोन गरिरहेका छन् । ठीक छ, केही छैन । अब भाञ्जाचाहिँ यहाँ बस्नु डीएसपी सा’बसँग कुरा गरेर पैसा सैसाको कुरा गरेको थियो । पैसा कति दिएर मिलाउने भनेको थियो । त्यो पनि ठीक छ । पैसा दिने तयारी थियो । त्यो पनि मैले कुरा गरेँ  । नत्र, मैले जिन्दगीमा पैसाको कुरा पनि गर्दिन । डीएसपीसँग कुरा गरेको थिएँ, त्यो पनि अहिलेलाई ठीक छ भन्दिएको थिएँ । तर, के हो भने यहाँ आउँछु भनेर नआउँदा त मैले सेटिङ गरेर भाञ्जालाई भगाइदिएको जस्तो भयो नि त । मेरो भाञ्जाले भेट्छ । सिग्नेचर गर्दिन्छ । कोको मान्छे हो, सही छाप गर्दिन्छ । एक जनाले स्वीकार गर्दिन्छ । त्यो चाहिँ जसरी पनि मिलाउनु पर्नेभयो । भाञ्जाले होइन… गोरे पत्नी : त्यो मर्ने, मने अनि कृष्णे । तीन जनाले हो नि त लुटेको सबै । आफू लुटिएर आफू कमाएर उसलाई जेल हाल्न खोजेको छ नि त तिनीहरुले । सञ्जेल : हो… हो .. हो.. त्यो चाहिँ हो । गोरे पत्नी : भाञ्जा एकछिन अर्कातिर गएको बेलामा खुरापाती गरेर मारेछन् क्या मनेहरु नै । मने एक शब्द पनि नरोएको रे ! खासमा उसैले मारेको हो । भाञ्जाले त्यसरी ज्यान पनि लिँदैनन् । भाञ्जा त्यस्तो मान्छे पनि होइनन् । तपार्इंलाई पनि थाहा छ होइन ? सञ्जेल : अँ..अँ.. थाहा छ । गोरे पत्नी : भाञ्जाचाहिँ उता माधव भन्नेलाई लिन जाँदा यता मनेहरुले मार्देछन् क्या । अनि, उनीहरुले त्यो कुरा चाहिँ बिचरा भाञ्जा त्यस्ता छैनन् । तपाईंले चिन्नु हुन्छ । यो पाली जसरी भए पनि बचाइदिनु, घर परिवारमा साह्रै टेन्सन भयो । मर्नेको बूढीले टन्नै कमाएको छ । हामी त जहिल्यै घाटा । परिवारमा तनाव, भेटघाट छैन । अब हामी यता रोएर बस्छौं । भाञ्जा कता हो कता केही थाहा छैन जसरी पनि यो पाली मिलाइनुस् । सञ्जेल : सुन्नु न भाञ्जी मैले नसक्ने कुरा… गोरे पत्नी : होइन.. फसाका हुन् क्या । ट्वाइलेट जान पनि उनीहरु गोरेको पैसाले… । घुमाउन पनि गोरेको पैसाले घुमाउँथे । सञ्जेल : त्यो त हो थाहा छ मलाई । गोरे पत्नी : (रुँदै) तर, आज लास्टमा आएर उसलाई नै उडाउन खोजे । एकदमै धोका दिए । सञ्जेल : भाञ्जालाई धेरै विश्वास गर्छन्, हिँड्छन् । अलिकति डर पनि राख्नुपर्छ । उसलाई भोलि केही हुन सक्छ... गोरे पत्नी : होइन मामा डर एकदमै छ उसलाई । तर, अब मैले केटाहरुलाई माया गरेर राखेको छ । हामी सबै साथमा छौं भनेर हिँड्छ । अनि, त्यो अनुसारले केटाहरुले उसलाई झन् विश्वासै गर्दैनन् क्या । झन् एकदम डुबाउन खोजेका छन् । त्यो मने त मान्छे …..हो खासमा । सबै सामान उसैलाई आउँछ भनेर खासमा उसले मारेको हो अरे, त्यहाँ देख्नेले भनेको । अघि, एउटा भाइले पनि भनेको थियो । भाञ्जा त्यसरी मान्छे मार्दैनन् । बूढी म हत्यारा होइन भन्दै फोन गरेका थिए । मामा जसरी पनि अब यो केश मिलाइदिनुस् न । अब उसलाई आउन त डर लाग्छ होला । के होला । सञ्जेल : होइन.. उसले त डीआईजी सा’बलाई..एआईजी सा’बलाई फोन गरेछ है । कोहीले खोलामा हाल्दिए भनेछन्, कोहीले के भनेछन् । त्यो भएको भए त झन् भाञ्जा फस्थे नि त । मैले सबै मिलाइदिएर यहाँ भाञ्जाले भेटिदिएको भए यहाँ कागजकागज गराएर मने..सनेलाई गरिन्थ्यो । अब मनेहरुले के भने, तपाईँलाई गोरेले फोन गरेको थियो । हाम्रै अगाडि । तपाईँलाई मिलाउँछु भनेर तपार्इंले कसरी मिलाउनु हुन्छ ? मिलाए पनि भरे त के गर्नुहुन्छ ? हामीलाई समातेपछि हामीलाई छोड्दैन । त्यसो भयो भने हामी पनि छोड्दैनौं । उनीहरु दुईटा पनि फटाहा हो मान्छे । गोरे पत्नी : त्यो चोरै तीन जना हो नि त ! मर्ने अनि ती दुईटा हुन् क्या चोर । सञ्जेल : मने अनि त्यो केटी छ नि निशा भन्ने केटी । गोरे पत्नी : अँ.. त्यो सनमको गर्लफ्रेन्ड । सञ्जेल : अँ.. तिनीहरुले सामान लुकाएका छन् । त्यो कुरा मलाई पनि थाहा छ । उनीहरुले मस्तले पिटाइ पनि खाएका छन् । अब उनीहरु खुसी छन् क्या । यस्तो पिटाइ खाए पनि केही छैन । गिल्टी फिल छैन । टन्न पैसा आउने भयो । सामान छँदैछ । गोरे पत्नी : १५-१६ करोड आउने भन्ने भयो । सञ्जेल : अँ.. अब भाञ्जा मरिहाले जस्तै भयो भन्ने भाको क्या बुझ्नु भयो नि । भान्जा आएको भए हुन्थ्यो । तै पनि भाञ्जा अब भरेसम्म सम्पर्कमा आए भने मैले केही कुछ गर्न सक्छु । नभए के हो भने यहाँ बयान लिन्छ । बोर्डरको छेउमा हामीले डेड बडी जथाभावी फाल्ने कुरा पनि भएन । त्यो मिलाउनका लागि चाहिँ जे होस् यहाँसम्म ल्याएर मिलाइयो । अब अरु के भने अरु पुलिस पनि छन् । भोलि डिएसपी साबलाई पनि नराम्रो हुन्छ । मैले विश्वास गरेर ल्याएको थिएँ डिएसपी साबलाई । अब डिएसपी साबले तिमीले भाञ्जा भाञ्जा भन्यौं, देखाइदियो तिम्रो भाञ्जाले । तिमीले जे भन्यौं त्यही गरिदिएको थिएँ । अब तिम्रो भाञ्जाले  तिम्लाई नि सिध्यायो, मलाई पनि सिध्यायो । मलाई चाहिँ अप्ठेरोमा पर्ने भयो । नभए म मिलाइदिन्थे  । कागजसागज सबै मिलाएको थियो । उसले चाहिँ भाञ्जाले पुलिसलाई खबर गरेको अनि हामी आइपुगेको । उनीहरुले यस्तो यस्तो भएर आइपुग्यौं भनेर भाञ्जाले खबर गरेको बनाउन लागेको थियौं क्या । त्यो भएपछि भाञ्जालाई राखी हाल्यो भने पनि एक दिन दुई दिन राख्छ अनि अर्कोले घटनाको बारेमा भन्दिएपछि चाहिँ अब भाञ्जा छुटिहाल्थे । दुई चार वर्ष बस्थे । दुई-सात महिना बस्थे । अर्कोले खान लागाउन पाएकै रैछ । दिएकै रैछ भान्जाले । अब के छ भन्नुहुन्छ भने सबै मले र उसले खाए । यता र उता गरे, मान्छे पनि मारे । अनि, भाञ्जालाई ठिक्क पारेर हुन्छ हामी मिल्छौं भने । उता, सबै हल्ला गरे । सबै विगारे । गोरे पत्नी : घरमा त्यसकी बूढीले मामा मलाई कल गरेको गर्‍यै छ । मामा म के भन्नु ? के जवाफ दिनु ? खासमा त्यसको बूढीलाई पनि थाहा छ । मनेको बूढीलाई पनि सबै कुरा थाहा छ । सञ्जेल : के थाहा छ ? गोरे पत्नी : सनमको बूढी.. मनेको बूढी । बूढीलाई त भन्नुपर्ने नि त हामी यस्तो गद्दारी गर्दैछौं भनेर । तर, बूढीले मलाई फोन गर्दै कहाँ छ भनेर सोध्छे । तर, मलाई नै थाहा छैन त कहाँ छ भन्ने । कसरी भन्ने त मैले । सञ्जेल : लुटेको थाहा छ त उसकी बूढीलाई ? गोरे पत्नी : थाहा छ होला नि । नत्र कसरी त्यस्तो सेटिङहरु … सञ्जेल : सामान भाञ्जाको मात्रै हो कि कसको र’छ ? गोरे पत्नी : मलाई पनि थाहा छैन । सञ्जेल : अँ.. भाञ्जाले अब मलाई रुँदै फोन गरे । डीआईजी कसकसलाई फोन गरे । खाली सकिएँ भन्छ भाञ्जाले । मैले जुन दिनदेखि उसलाई चिने मैले यो काम गर्दै नगर । तिमीलाई फसाउँछन् । तिमी विश्वास गर्छाै । यो काम गर्नु हुँदैन । अप्ठेरो पर्छ भनेको थिएँ । मैले अस्ति भर्खर यहाँ आउनु भन्दा अगाडि पनि मलाई भेटेको थियो । घर बनाएको ठाउँमा । त्यो मेरो घरदेखि अलिकति नजिकै बस्नु हुँदो रैछ होइन तपाइर्ँहरु ? त्यतै खोई कहाँ । मैले त देखेको छैन फेरि कहाँनेरि । अनि मलाई भेटे त्यहाँ । झ्याप्पै अंगालो मारे । अनि, मामा घटाएछौं ज्यान भने । भाञ्जा बिर्सिएर पनि जति गर्‍यौं.. गर्‍यौं । अब जिन्दगीमा यो काम भनेर नगर तिमी फस्छौं । कसरी फस्छु मामा ? म यहाँ गर्दिन इन्डियातिर । इन्डिया गर यहाँ गर जहाँ गर तिमीलाई फसाउँछन् । किनभने अब तिमीले सबैलाई विश्वास गर्छाैं । अब तिमी फस्छौं भनेको मामा मैले विश्वास गरेको छुइन । फस्दिन भन्यो । मैले म तिमीलाई यो भन्छु अब गर्नु नगर्नु तिम्रो कुरा हो भनेर भनेँ । अरुले जस्तो मलाई यति देउ, उतिदेउ । एक लाख देउ, दुई लाख देउ भनेर जिन्दगीमा सोध्दिन । मलाई लाइन मिलाइदेउ भनेर म जिन्दगीमा म सोध्दिन पनि मलाई चाहिँदैन पनि । अनि, अरु जसले जति पुलिससँग संगत गरेको छ । उसले जतिको नाम लिन्छ, उनीहरु सबले पैसा खाउञ्जेल राम्रो गरे । पक्राउ भइसकेपछि भाञ्जालाई केही गर्छन् त कसैले ? म त यहाँसम्म आइदिएँ । हो कि होइन भन्नुस् त ? गोरे पत्नी : हो । सञ्जेल : मलाई त कति चाहियो.. के चाहियो भन्थ्यो ? कति चाहियो मामा भन्थ्यो । मैले कहिल्यै पनि पैसाको कुरा गर्‍यौं भने तिम्रो र मेरो सम्बन्ध रहँदैन भनेको थिएँ । तिमी हामी एकैठाउँको मान्छे हो । यहीँ आएर चिनजान भयो । तिमी पनि पुलिसको छोरा हो । तिमी पनि फौजी मान्छे हो । तिमीले पनि दुःख सुख जानेको छौं । जसरी पनि आउ, तिमी भयौं भने ल तिमीले भने अनुसारले मिलाइदिन्छु भनेँ । मैले सरलाई गएर भाञ्जा पनि त्यहीँ हुन्छ भनेँ । विश्वास गरेँ । तर, अब भाञ्जा छैनन् । कन्ट्याक्ट त गरिरहेको छ । तर, अप्ठेरो के छ भने हेर्नु मलाई डिएसपी साबले विश्वास गरिसिएन नि त । गोरे पत्नी : मने र कृष्णले चाहिँ उसलाई मार्दा हामी पाउँछौं भनेर । मर्नेले चाहिँ गोरेलाई भनिस् भने तिमीहरु सबलाई मार्दिन्छु भनेको थियो अरे । मुख खोलिस् भने सुट गर्दिन्छु भनेरको रहेछ । त्यो दुई जनाले हो क्या मारेको चाहिँ । उता कता जाँदाखेरि उनीहरुले त्यही समयमा मार्दिएको रे । अनि, उनीहरुले चाहिँ गोरेलाई फसाउन आँटेको हो । सञ्जेल : अनि, भाञ्जाले त मलाई तीन/४ जना इन्डियनहरु आएर भन्थें । मिलाउन भन्थे । यहाँ आउँदा ड्राइभरले एउटा भन्छ । दुईटाले दुई वटा थोक भन्छ । अर्को एउटा भागेको छ रे । अर्को नि को मरेको छ रे भनेको सुन्दैछु । गोरे पत्नी : को मरेको छ रे अर्को चाहिँ ? सञ्जेल : खोइ को अर्को नि मरेको छ रे भन्छ । गोरे पत्नी : अब यो चाहिँ सबैको सबै वटा कुरा भयो भाञ्जी । सञ्जेल : मैले त्यस्तै सुन्दैछु । खै के हो थाहा भएन । के के हो कुरै मिलेन । यहाँ भाञ्जा भइदिएको भए कुरै सिद्धिहाल्थ्यो । अब डेड बडी त्यहाँ भएपछि कहाँ हो के हो भन्ला । अरुले समाउँला । गोरे पत्नी : मने र कृष्णले तपाईंलाई पनि धोका दियो क्या मामा । सञ्जेल : मलाई त धोका दिइसक्यो त । मलाई के भन्यो भने होइन के गर्ने हो ? भनेको । तपाईंसँग कुरा भएको छ रे । बचाउनु पर्‍यो भन्यो । ल.. बसौं न त कुरा गरौं न त मिलाएर भन्दा खेरि होइन, तपाईंले कसरी बचाउनु हुन्छ । मैले रातभरी सोचेको सबै थाहा भइसक्यो । त्यहाँ हामीहरुलाई मेरो दाइलाई भाई लिएर आउँछस् भने आइज नत्र मार्दिन्छु भनेको थियो गोरेले । त्यसो भएपछि कसरी हुन्छ भन्यो । म मात्रै छैन । मभन्दा माथि पनि धेरै पुलिस छन् भाञ्जी । मैले त त्यहाँ केश छ भन्दा पनि जिन्दगीमा केही डिमान्ड गरिन । यो ले.. त्यो ले .. गरिन । भाञ्जा तिमी बाँच । जिन्दगीमा यो काम नगर भनेँ । घाटा नाफा केही छैन जिन्दगीमा बाउले पनि के नै कमाइदिएका थिए र । तिमी पनि प्रहरीको छोरा हो । राम्रोसँग यतिले नै गर । राम्रोसँग बस भनेर मैले भनेको थिएँ । तालै पिच्छे मलाई कहाँ कहाँबाट फोन गरिरहेको थियो । गोरे पत्नी : कहाँ मलाई त तालैपिच्छे स्वास्नीसँग झगडा गर्ने नि । धोका दिन्छन् सबै कुरा नगर्नु भन्दा तँ बाठी हुन्छेस् भन्ने । हामीलाई त न कहिल्यै टाइम दिएको न हिँडेको । कुनै दिन काहिँ लगेको छैन । कहिँ केही गरेको छैन । संसारमा जता गए पनि उनीहरुलाई नै लिएर हिँडेको । सञ्जेल : भाञ्जाले चाहिँ धेरै घरको पनि विश्वास नगरेर पनि बिग्रेको जस्तो लाग्यो । गोरे पत्नी : एकदम केयरलेस । तर, मनेहरुले देखेनन् क्या त्यो । सञ्जेल : अँ.. मनेहरु पनि हाम्रो मन चोरेर गरिरहेका थिएँ । अनि, उनीहरु उपि|mएपछि हामीले पनि सालेहरु भनेर लगेर थुन्न पठाइदिएको छ । हामीले सबै गर्न मिल्दैन । के के हो त्यहाँको पुलिसले हेर्छ । गोरे पत्नी : फेरि त्यसको बूढीलाई थाहा छैन । मलाई फोन गरिराछे । पुलिसले पक्रिए अरे भन्दै फोन गरेकी थिई । अघि भर्खर । सञ्जेल : अब भरेसम्म टिकट गरेर अथवा भोलिसम्म । अहिलेसम्म नाम लिएको छैन । उनीहरुले चाहिँ अगाडि बसेर करेन्ट लगाउन लाएर मार्न लगाएको हो । हामीलाई पनि मारिसकेको थियो । हामी चाहिँ बाच्यौं । पानी भन्दा पनि पानी नदिएको हो । यही ड्राइभरलाई सोध्नु भन्थ्यो । अब त्यहीँ भन्लान् । अघि भाञ्जा आइदिएको भए हामी बाहिरै कागजहरु गरेर एक दुई दिन बस्थे निस्किहाल्थे क्या । त्यो नभए पनि यहीँबाट छोड्ने भनेर डिएसपी साबले भनिसिएको थियो । साब पनि मसँग रिसाइस्यो । तेरो मान्छेले मलाई धोका दियो भन्नु भा छ । सर मेरो पनि यहीँ आएर चिनजान भएको हो । बीचमा कहिले काहीँ फोन त हुन्थ्यो । कामको सिलसिलामा भेटघाट हुन्थ्यो । एक पटक डेढ किलो सुनको दिएएको हो । भाञ्जाले काम दिएको थियो नि त अफिसलाई । अनि त्यो ३३ किलो सुनहरुको इन्फरमेसन दिएको भनेर मैले अहिलेसम्म बचाइदिएको हो । अब अरु अरुलाई कसकसलाई पैसा लग्छन्, दिन्छन् । मलाई कति भन्यो । मैले जिन्दगीमा पैसाको कुरा गर्‍यौं, पैसामा जोख्यौं किन्यौं भने चाहिँ मामा भाञ्जाको सम्बन्ध रहँदैन भनेको थिएँ । मलाई भेट्दै पिच्छे त्यसो भन्थ्यो । उसको मन चाहिँ त्यस्तो छ क्या । जसलाई पनि भन्ने । तर, मैले कहिल्यै पनि भनिन । यो केसमा पनि सरले तुरुन्त ले म मिलाइदिन्छु भन्नुभएको थियो । तर, मैले सर जे भए पनि मेरो साथी हो । पछि हेर्दिन्छ । यो केस चाहिँ मिलाउनुपर्‍यो भनेको थिएँ । तर, बस भनेको सट्ट हिँडे भाञ्जा । अब अहिले मलाई चाहिँ नराम्रो क्या । अनि, अब भाञ्जा चाहिँ ढुक्क भएर फोन गर्छ, अब मनेहरुले केस मिलाउँछ । उनीहरुले नै जिम्मा लिन्छ भन्छ । गोरे पत्नी : तिनीहरुले धोका दिन्छ । तिनीहरुले नै सामान लुटेका छन् क्या । सञ्जेल : अँ, त्यसले हामी छुट्छौं कि छुट्दैनौं भन्दै थिए । तिमीहरु छुटिहाल्छौं भनेको कहाँ हुन्छ हामीलाई मारेकै गोरेहरुले हो । अहिले तपाईंले भनेर पो अनि भोलि हामीलाई सनमको बूढीले परिवारले उनीहरुको घरको परिवारहरु डेन्जर छ । अब गोरेले हामीलाई पनि मार्छ हुँदैन भनेर भन्दैथिए । त्यहाँ कुरा गर्छन् होला । तर, हामीले सकेसम्म कुरा नगर्नु भन्दिएको छ । तनाव भो नि हामीलाई पनि । लास ल्याउन पनि । भाञ्जाहरुले कता मिल्क्याइदिन्छौं भन्दै थिए । बरु हामीलाई ढुक्क हुन्थ्यो नि त । तर, के भयो भन्नु हुन्छ भने भाञ्जा नआइदिएकोले टेन्सन भयो । अलिकति समस्या छ छ क्या अहिले यहाँ । यिनीहरुले चार वटा कुरा भने अहिले । अघि मानेको वेला यिनीहरुलाई झ्यापझुप सही गराएर ल्याप्चे हनाइदिएको भए सिद्धिहाल्थ्यो । त्यहीँ पनि सरलाई मैले रिक्वेस्ट गरिरहेको छु । अब सरलाई भरेसम्म बिहानसम्म भाञ्जा आइपुग्यो भने हुन्थ्यो । अब ऊ डरले म चाहिँ आउँदिन कुनै हालतमा । यता यतै जहाँ जान्छु जान्छु म आउँदिन मामा भन्दै थियो । गोरे पत्नी : त्यो त समस्या नै होइन नि । सञ्जेल : अँ.. भाग्यो भने त झन् गाह्रो हो नि । भाञ्जा सिधै आएर त्यो बीचैमा सिधै आएर सरेन्डर गरे पनि हुन्थ्यो क्या । जसले हानेको त्यसले स्वीकार गरिहाल्थ्यो । भाञ्जा दुई चार महिना बस्थे निस्किन्थे । त्यो पनि नभए कागज गरे सिद्धिन्थ्यो क्या । अब अहिले कतिमान्छेलाई कुरा गरेर एसपी की कसलाई फोन गर्दा त्रिशुलीमा हाल्दे भनेछन् । त्यसो भएको भए त फस्छन् भाञ्जा त । मैले त धोका दिने भए त भाञ्जाले मामा केही समस्या पर्‍यो भने भाञ्जीले हेर्दिन् है भनेको थियो । मैले सेभ पनि गरेर राखेको थिएँ । छ नि होइन, तपाईँसँग पनि मेरो नम्बर । धर्म मामाहरुको पनि मसँग राम्रो मामाले भनेर हो । नत्र त पहिलो हाम्रो पनि राम्रो थिएन नि त । सुरुमा तलाईँ हान्छ मार्दिन्छ । कहाँ दुबईतिर हो । कहाँ कहाँ हो । मार्छ ऊ गर्छले भन्दा सुरुमै मैले त्यसो भए सम्बन्ध हुँदैन भनेको थिएँ । त्यसपछि हाम्रो सम्बन्ध भएको हो । अब नगर है यस्तो भनेको थिएँ । क्रसर किने भन्दै थियो । किनेको हो ? टि्रपर, डोजरहरु किनेको थिएँ भन्दै थियो । गोरे पत्नी : छैन होला । खोई, मलाई त केही भन्दैनन् । सञ्जेल : सबैभन्दा राम्रो चाहिँ त्यो हो भाञ्जा । अब यस्तो गर्नु हुँदैन भनेँ । गोरे पत्नी: किन्ने चाहिँ भनेको थियो । तर, किनिसकेको त छैन होला । मलाई त खई थाहा छैन । सञ्जेल : हेर्नु त साथीले पनि फसाइदियो । धोका दियो । पैसा पैसा गयो । लगानी पनि गयो । बैंक ब्ल्यालेन्स कतिपनि छैन होला । के के गरिसकेको छ । केही छ त ? गोरे पत्नी : छैन नि । अहँ मसँग त केही छैन । बैंकमा पसलबाट भएको जम्मा दुई लाख रुपैयाँ छ । त्यो पनि अघि पठाइदिइसकेँ । मसँग त जिरो छ । छैन अब त । सञ्जेल : अनि, दुबईमा के खोलेको थियो अरे । त्यसको पनि ऋण छ अरे । ५० पटक राम्रो गरेको छ भने पनि ५१ पटकमा धोका दिन्छन् । यस्ता यस्ता साथीहरु छन् । अनि, कुरा विगि्रन्छ । ल भाञ्जाले फोन गरे पनि मलाई फोन गर्नु रे भन्दिनु नि है । गोरे पत्नी : हुन्छ हस् । ल । सञ्जेल : हस्.. हस् । गोरे पत्नी : मामा जोगाइदिनुस् है ।

गाेरे पत्नी  नवर्दा र सइ बालकृष्ण बीच भएकाे अडियाे सम्वाद

  [embed][/embed]

सम्बन्धित खबरहरु