काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

निषेधित क्षेत्र तोक्ने सरकारी निर्णयविद्ध सर्वोच्चमा रिट

8.55K
shares

माइतिघर मण्डलालाई निषेधित क्षेत्र तोक्ने सरकारी निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारको निर्णय मौलिक हकविपरीत रहेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

बिहीबार रिट दर्ता गरेको सर्वोच्चले भोलि नै रिटको सुनुवाइ गर्ने भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतिघर मण्डलापरिसरमा विरोध प्रदर्शन गर्न रोक लगाउँदै निषेधित क्षेत्र घोषणा गरेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले सरकारले माइतिघर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै जनताको मौलिक हक हनन् गरेकाले रिट दायर गरेको बताए । संविधानले नै भेला हुने र प्रदर्शन गर्न पाउने अधिकार दिएकाले विरोध प्रदर्शन गर्न पाइने ठाउँ तोक्ने सरकारको निर्णय संविधानविपरीत भएको उनको दाबी छ ।