गृहपृष्ठ महिलाहरु किन रातो रंगको लिपिस्टिक बढी मन पराउँछन् ?
महिलाहरु किन रातो रंगको लिपिस्टिक बढी मन पराउँछन् ?
युवतीहरुको लाली ओठले युवालाई विशेष आकर्षित गर्दछ । धेरै युवती तथा पाका उमेरका महिलाहरुको रोजाईमा रातो रंगको लिपिस्टिक पर्दछ । आखिर किन अक्सर महिलाहरु रातो रंगको लिपिस्टिक मन पराउँछन् ? यो सवाल स्वाभाविक रुपमा मनमा उठ्न सक्छ । केही समय पहिला गरिएको सर्वेक्षणमा युवाहरुले महिलाहरुको लाली ओठले बढी आकर्षित गराउँने बताउका थिए ।
युवतीहरु अक्सर रातो लिपिस्टिक किन प्रयोग गर्छन् ?
युवतीहरुको रोजाईमा रातो लिपिस्टिक किन पर्छ त ? यसका पनि केही खास कारणहरु रहेको विभिन्न खोज अनुसन्धान गरिएको छ । एक अनुसन्धानले देखाए अनुसार निम्न कारण छन् जसले गर्दा युवतीहरु बढी रातो रंगको लिपिस्टिक मन पराउँछन् ।
- एक सर्वेक्षणमा पाइए अनुसार युवतीहरु युवाहरुको ध्यान आफूतिर आकर्षित गर्नको लागि रातो रंगको लिपिस्टिक प्रयोग गर्न बढी मन पराउँछन् ।
- सुन्दर र कामुक ओठले पुरुषहरुलाई युवतितर्फ बढी आकर्षित गराउँछ, त्यसै गरी गुलाबी रातो ओठमा पनि पुरुषहरु लट्ठिन्छन् । त्यसैले युवतीहरु पनि सोही अनुरुप ओठको सजावट गर्दछन् ।
- एक सर्वेक्षणले के देखाएको छ भने युवतिहरुको गुलाबी ओठमा पुरुषहरुले औषत ६ सेकेन्डसम्म नजर अड्याउँछन् । तर, रातो ओठमा भने पुरुषहरुको नजर ७ सेकेन्डसम्म अडिन्छ ।
(विभिन्न वेबसाइटकाे सहायतामा)
प्रकाशित समय : २२:२१ बजे




















