काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

अनसनरत विद्यार्थीको स्वास्थ्य बिग्रिँदै, रमिते बन्दै पदाधिकारी

11.66K
shares

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा अनसन बसेका विद्यार्थीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ । विश्वविद्यालयले शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेको भन्दै बुधबारदेखि आमरण अनसनमा बसेका विद्यार्थीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको हो ।

विभिन्न माग राख्दै इन्जिनियरिङ संकायका विद्यार्थीले असार ५ गतेदेखि आन्दोलन गरेका थिए । शान्तिपूर्ण आन्दोलन गर्दा समेत विश्वविद्यालयका पदाधिकारीले कुनै चासो नदेखाएको भन्दै तीनजना विद्यार्थी अनसन बसेका हुन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अान्दोलन

विद्यार्थी रोशन बस्नेत, मिलन विसी र रत्न शर्मा अनसनमा बसेका छन् भने अन्य विद्यार्थी सडक आन्दोलनमा उत्रिएका छन् । अनसन बसेका विद्यार्थीको स्वास्थ्य गम्भीर भइरहँदा विश्वविद्यालय प्रशासन भने रमिते बनेको छ ।

विद्यालयमा निरन्तर पठनपाठन र प्रशासनिक काम निरन्तर अगाडि बढेको छ भने विद्यार्थीको माग पूरा गर्न विश्वविद्यालयका पदाधिकारीले कुनै चासो देखाएका छैनन् । अनसनमा बसेका विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको विद्यार्थी निकुञ्ज पाण्डेले बताएका छन् ।

माग पूरा नभएसम्म अनसन नतोड्ने अडान विद्यार्थी छन् । माग पूरा नभए जायज मागका पक्षमा सम्पूर्ण अभिभावक सडकमा उतार्ने चेतावनी आन्दोलनरत विद्यार्थीले दिएका छन् । २०६७ सालमा स्थापना भएको मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा विभिन्न माग राख्दै विद्यार्थी सधैं आन्दोलनमा हुने गरेका छन् ।

विद्यार्थीहरू इन्जिनियरिङ संकायलाई पूर्ण स्वायत्त बनाइनुपर्ने, गोल्डेन चान्स परीक्षाको व्यवस्था गरिनुपर्ने, सम्पूर्ण प्रयोगात्मक परीक्षा पूर्णरुपमा सञ्चालनमा ल्याउनुपर्नेलगायतका माग राख्दै अान्दोलनमा उत्रिएका हुन् ।