काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकिस्तान निर्वाचनका पाँच खास कुरा

15.9K
shares

पाकिस्तानका मतदाताले अब एक हप्तापछि नयाँ सरकार चुन्दैछन् । २५ जुलाईमा हुने आम निर्वाचनमार्फत पाकिस्तानीले नयाँ सरकार चुन्नेछन् । यसपटकको निर्वाचनमा धेरै कुरा यस्ता भएका छन्, जुन यसअघिका कुनै पनि निर्वाचनमा भएका थिएनन् । ’बीबीसी हिन्दीले गरेको मोनिटरिङ’अनुसार उल्लेख गरिएका केही खास बुँदा यहाँ प्रस्तुत गरिएको छ ।

१. असैन्य शक्तिलाई सत्ता
पाकिस्तानमा कुनै पनि प्रधानमन्त्री आफ्नो कार्यकालभरी काम गर्न पाएका छैनन् । यहाँ सैन्य विद्रोहको इतिहास छ । पाकिस्तानमा सन् १९७० मा पहिलो आम निर्वाचन भएको थियो । यसपटकको निर्वाचनपछि पाकिस्तानको इतिहासमा यो दोस्रो घट्ना हुनेछ, जब एक निर्वाचित सरकारले कुनै असैन्य शक्तिलाई सत्ता सुम्पिनेछ ।

२. तीन पटकका प्रधानमन्त्री निर्वाचन बाहिर
तीन पटक सत्ताको नेतृत्व सम्हालिसकेका एक महत्वपूर्ण व्यक्तिलाई यसपटकको निर्वाचनमा लड्न अनुमति छैन । पूर्वप्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लीग (नवाज) ले सन् २०१३ को निर्वाचन जितेको थियो । पछिल्लो वर्ष अदालतले नवाजलाई प्रधानमन्त्री पदका लागि अयोग्य ठहर गर्यो र भ्रष्टाचार मुद्दामा हालैमात्र उनलाई १० वर्षको सजाय सुनाइएको छ । नवाज शरीफले यी आरोपहरुलाई अस्वीकार गर्दै यसका लागि सेना जिम्मेवार रहेको बताउँदै आएका छन् ।

३. निर्वाचनमा अतिवादीको हाबी
यसपटकको निर्वाचनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । किनकि, अति दक्षिणपन्थी र अतिवादी उम्मेवदार बढी संख्यामा निर्वाचनमा लडिरहेका छन् । उग्र समूह मूल धारको राजनीतिमा आउन लागेको भन्दै पाकिस्तानी सञ्चारमाध्यममा यसबारे चिन्ता जनाइएको छ । यो निर्वाचनमा ‘ईशनिन्दा’ ठूलो मुद्दा हो, जसका लागि पाकिस्तानमा मृत्युदण्डको प्रावधान छ ।

४. महिला सहभागिता बढी
यो निर्वाचन यस मानेमा पनि विशेष छ कि यसपटक विगतभन्दा बढी संख्यामा महिलाहरु चुनाव लड्दैछन् । संसदको कुल २७२ सिटका लागि लगभग १७१ महिला उम्मेदवार मैदानमा छन् । यीमध्ये अली बेगमको नामसमेत चर्चामा छ जो पुरुष प्रधान कबायली क्षेत्रबाट चुनाव लड्दै गरेकी पहिलो महिला उम्मेदवार हुन् ।  पाकिस्तानको निर्वाचन आयोगका अनुसार कुनै पनि चुनावी क्षेत्रमा १० प्रतिशतभन्दा बढी महिलाको सहभागिता हुनुपर्नेछ । १० प्रतिशतभन्दा कम महिला भए चुनावी प्रक्रिया रद्द हुने व्यवस्था छ ।

५. ट्रान्सजेन्डर्सलाई राजनीतिमा आउने अवसर
यसपटक निर्वाचनमा ट्रान्सजेन्डर्सलाई पनि राजनीतिमा आउने अवसर मिलेको छ । पाँच ट्रान्सजेन्डर्स उम्मेदवार आम निर्वाचनमा चुनाव लड्दैछन् । ट्रान्सजेन्डर्स पाकिस्तानमा अल्पसंख्यक समदुायद हो, जसलाई सन् २०१३ मा निर्वाचन लड्ने अनुमति पहिलो पटक दिइएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार यसपटक स्वतन्त्र र निष्पक्ष निर्वाचनको निगरानीका लागि ट्रान्सजेन्डर्सलाई पनि खटाइनेछ ।