global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकहरुले फेरि तोके ब्याजदरमा सीमा

बैंकहरुले फेरि तोके ब्याजदरमा सीमा

बैंकहरुले फेरि तोके ब्याजदरमा सीमा

नेपाल बैंकर्स एसोसिएसनले फेरि ब्याजदरलाई निश्चित सीमाभित्र राख्ने निर्णय गरेको छ । ब्याजदर सीमा तोक्ने निर्णयसँगै अब बचतकर्ताले ७ प्रतिशतभन्दा बढी ब्याज नपाउने भएका छन् ।
राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीर्इओ)को सहमतिमा ब्याजदरमा सीमा तोकिएको बैंकर्स संघले जनाएको छ । सहमतिअनुसार बैंकहरूले संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म ब्याज दिनेछन् । यसअघि, बैंकहरूले संस्थागत निक्षेपमा ११.१५ प्रतिशतसम्म ब्याज दिइरहेका थिए । हाल सर्वसाधारण निक्षेपकर्ताले बढीमा १२.२२ प्रतिशत ब्याज पाइरहेकोमा अब ११ प्रतिशतसम्म मात्र पाउनेछन् ।
सहमतिअनुसार महिनैपिच्छे मुद्दति निक्षेपको ब्याज भुक्तानी गरिरहेका बैंकहरूले अब प्रत्येक तीन महिनापछि मात्रै भुक्तानी गर्ने भएका छन् । तलरता अभावको समस्या बढ्दै गएपछि उच्च ब्याज दिएर बैंकहरूले निक्षेप आकर्षित गर्न थालेका थिए ।
बैंकहरूले निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज दिन थालेपछि कर्जाको ब्याजदर १८–२० प्रतिशत हाराहारी पुगेको थियो । ब्याजदरमा हुने अस्वाभाविक वृद्धिले अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकाले सीमा तोकिएको संघले प्रस्टोक्ति दिएको छ ।

प्रकाशित समय : ००:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु