गृहपृष्ठ रणवीर र दीपिका विहे गर्न तयार
रणवीर र दीपिका विहे गर्न तयार
लामो समयदेखि अफेयरमा रहेका रणवीर सिंह र दीपिका पादुकोण विवाह बन्धनमा बाँधिने हल्ला बलिउडमा चल्न थालेको छ । यही वर्षभित्र विवाह बन्धनमा बाँधिने उनीहरको तयारी रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सिंह र पादुकोण परिवार सेप्टेम्बर या डिसेम्बरमा विहेको साइत जुराउन प्रयासरत रहेको बताइएको छ । अझ कतिसम्म भने दीपिकाले विवाहको लागि किनमेल समेत सुरुवात गरिसकेको उनीहरुले दाबी गरेका छन् ।
विवाह हिन्दू परम्परा अनुसार र एकदमै गोप्य रुपमा हुने समेत दाबी गरिएको छ । जसमा नजिकका आफन्त र साथिहरुलाई मात्र सहभागी गराइनेछ ।
प्रकाशित समय : ००:१४ बजे



















