global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ समाज परिवर्तनका लागि युवा सम्मेलन

समाज परिवर्तनका लागि युवा सम्मेलन

समाज परिवर्तनका लागि युवा सम्मेलन

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रदगरमा युवा सम्मेलन शुरु भएको छ । सम्बृद्ध नेपाल निर्माणकमा लागि स्वस्थ, कर्मठ, उद्यमी युवा भन्ने मुलनाराका साथ शुक्रबारदेखी शुरुभएको युवा सम्मेलन दुईदिनसम्म चल्ने छ । विभिन्न छ वटा उदेश्य राखेर युवा सम्मेलनको आयोजना गरिएको आशा सञ्जालका अध्यक्ष अमर विकले जानकारी दिए ।

सुर्खेतका नौ वटै स्थानिय तहका युवाहरुको एकैठांउमा जमघट गराई अनुभव आदान–प्रदान गर्ने, सम्मेलन पश्चात् युवाहरुले समाजबाट बालबीवाह, भ्रष्टचार जस्ता कुराहरु निर्मुल पार्ने, युवाहरुलाई सूचनाको हक सम्बन्धी अभीमुखीकरण गर्ने, युवाको घोषणापत्र जारी गर्ने, खुल्ला छलफल गर्ने र युवाको जिल्ला संयन्त्र तयार गर्ने उदेश्यले यो सम्मेलनको आयोजना गरिएको विकले जानकारी दिए ।

आशा सञ्जाल सुर्खेत र जिल्ला युवा समिति सुर्खेतको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न दर्जन बढि संघ संस्थाहरुले समन्वय गरेका छन् । युवा सम्मेलनको उद्घाटन गर्दै सामाजीक विकास मन्त्री दल रावलले हरेक दृष्टिले पछिपरेको कर्णाली प्रदेशका युवाहरुले युवा नेतृत्वको विकास गर्न जरुरी भएका बताए । उनले भने ‘कर्णाली प्रदेशका युवाहरु आंफै जागरुक भएर युवा सम्मेलन गर्नुभएको छ । यो एकदमै सहरानिय छ । अझै यहांका युवाहरुले नेतृत्व विकास गर्न जरुरी छ ।’

प्रकाशित समय : ०३:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु