global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कोरियामा जस्तै अब जापानमा पनि नेपाली कामदार

कोरियामा जस्तै अब जापानमा पनि नेपाली कामदार

कोरियामा जस्तै अब जापानमा पनि नेपाली कामदार

नेपाल सरकारले नेपाली कामदारहरुलाई दक्षिण कोरियामा जस्तै जापानमा पनि पठाउने तयारी गरेको छ । २५ बर्ष अगाडिको जिट्को मोडलमा परिवर्तन गरी बायोमेट्रिकल एग्रिमेन्ट गरी सरकारले जापानमा कामदार पठाउने तयारी गरेको हो ।

नेपाल सरकार र जापान इन्टरनेश्नल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) बिच सन् २००३ मा बिभिन्न किसिमको प्रशिक्षार्थीहरुलाई जापानमा आपूर्ति गर्ने सहमति भएको थियो । २५ वर्षसम्म पनि जिट्कोले खासै राम्रो काम नगरेले अब उक्त प्रक्रियालाई परिमार्जन गरी बायोमेट्रिक प्राणालीबाट कामदार पठाउने विषयमा छलफल भइरहेको श्रम मन्त्रालयले जानाकारी दिएकोछ ।

नेपालको तर्फबाट जापानमा कामदार पठाउदा कोरीया मोडलमा पठाँउने प्रस्ताप भएको छ । जापानी प्रतिनीधि पनि यो प्रस्तावमा सकारात्मक रहेको सरकारी अधिकारीहरुले जनाएका छन् । जापान सरकारले नर्सिङ , केयर गिभर , होटल , कृषि, निर्माण क्षेत्र, उद्योग र अन्य क्षेत्रमा नेपाली कामदार लिन चासो देखाएको मन्त्रालयको भनाई छ ।

जापान सरकारले कामदारको अभाव हुँदै गएपछि वार्षिक ५ लाख विदेशी कामदार भित्र्याउने नीति लिएको छ । जसमा नेपाल सरकारले रोजगारीका लागि ८० हजारसम्म नेपाली कामदारहरु जापान पठाउने गरी तयारी गरिरहेको जनाइएको छ ।

प्रकाशित समय : ०२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु