काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगरमा कांग्रेसको विशाल प्रदर्शन

14.03K
shares

 

सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले मंगलबार देशैभर विरोध प्रदर्शनको क्रममा विराटनगरमा पनि प्रदर्शन गरेको छ । मोरङ कांग्रेसको नेतृत्वमा मंगलबार विराटनगरमा विरोध प्रदर्शन र सभा आयोजना गरिएको हो ।

congress2-newskarobar

 

विराटनगरस्थित वीरेन्द्र सभागृह अगाडिबाट निस्किएको विरोध जुलुस जिल्ला प्रशासन, गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक हुँदै जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता डा. मीनेन्द्र रिजालले सरकार ढाल्न नभई सरकारलाई सही बाटोमा हिडाउन कांग्रेसको आन्दोलन गर्नुपरेको बताए ।

congress3-newskarobar

 

उनले वर्तमान सरकारबाट संविधानसमेत खतरामा परेको दाबी गरे । सरकारले जनतालाई सपनामात्रै बाँडेको आरोप लगाए । त्यस्तै केन्द्रीय सदस्य अमृत अर्यालले जनताको भावनाअनुसार सरकार नचलेका कारण कांग्रेसले सडक आन्दोलन गर्नुपरेको बताए ।

congress4-newskarobar

 

सञ्चारमाध्यम र प्राज्ञिक क्षेत्रमाथि सरकारले हस्तक्षेप गरेर अधिनायकवादको सुरुवात गरेको अर्यालले दावी गरे । त्यस्तै केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सरकारले नेपाली महिलामाथि अपमानित गरेको आरोप लगाए ।

congress5-newskarobar

 

सभामा आमन्त्रित केन्द्रीय सदस्य सहन अन्सारी, कांग्रेस नेता अशोक कोइराला, तरुण दल मोरङका अध्यक्ष प्रभाकर थापा सञ्जय, टे«ड युनियन कांग्रेसका अध्यक्ष सुशील कोइरालालगायतले राणा, पञ्चायत र राजातन्त्र अन्त्य गरेको कांग्रेसलाई कम्युनिस्ट सत्ता अन्त्य गर्न कुनै गाह्रो नपर्ने चेतावनी दिए ।

congress6-newskarobar