आज विश्व स्तनपान दिवस
वि.सं.२०७५ साउन १६ बुधवार १५:०४
shares

आज विश्व स्तनपान दिवस । स्तनपान जीवनको आधार भन्ने नारा सहित नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जनचेतनामूलक कार्यक्रम गरेर एक सातासम्म विश्व स्तनपान दिवस मनाइन्छ ।
पछिल्ला वर्षहरूमा नेपालमा हरेक आमालाई आफ्ना शिशुलाई नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै दिवस मनाउने गरिएको छ । आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।
बाल्यकालमा आमाको दूध खान नपाएकालाई मधुमेह रोग लाग्ने गरेको चिकित्सकहरुको भनाइ छ । डाक्टरले बालबालिकालाई ६ देखि ८ महिनासम्म आमाको दूध खुवाउन सुझाव दिएका छन् ।

























