काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जोशीलाई अस्वीकृत गर्दै नेकपा, औचित्य खोज्दै कांग्रेस

9.35K
shares

सत्तारुढ नेपालकम्युनिष्ट पार्टी (नेकपा)ले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जेशीलाई संसदीय समितिबाट अस्वीकृत गर्ने तयारी गरेको छ । आजै दिउँसो साढे ३ बजेका लागि डाकिएको संसदीय सुनुवाइ समितिबाट जोशीको नाम अस्वीकृत गरी प्रधानन्यायाधीशको कोर्सबाट अलग्याउने रणनीतिमा नेकपा देखिएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले भने त्यसको औचित्य खोज्ने तयारी गरेको छ।

 

‘समितिमा सकेसम्म सर्वसम्मतिको प्रयास हुन्छ, नभए प्रक्रियाबाट भएपनि आजै टुंगो लाग्छ,’ समितिमा नरहेका नेकपाका एक सांसदले भने, ‘कांग्रेसले मानेन भने समितिले दुईतिहाइबाट जोशीको नाम अस्वीकृत गर्छ।’ उनले जोशीका विषयमा पत्रपत्रिकामा आएका प्रमाण, जोशीले पेस गरेका शैक्षिक प्रमाणपत्र र त्यसबाट बनेको जनमतको सम्मानका लागि पनि समिति निर्णयमा पुग्नु जरुरी रहेको बताए।

 

समितिका सदस्यसमेत रहेका नेकपा सांसद सुबोध प्याकुरेलले समिति न्यायिक भूमिकामा रहेको भन्दै बैठक अघि निर्णय सुनाउन नमिल्ने बताए। तर प्याकुरेलले घुमाउरो भाषामा जोशीको नाम अस्वीकृत हुने संकेत दिए । ‘समितिले बैठकबाट आजै निर्णय लिन्छ, तर के निर्णय लिन्छ भनेर अहिले नै भन्न मिल्दैन,’ प्याकुरेलले भने, ‘तर निर्णय के आउँछ भन्ने तपाईं पत्रकारहरुले पत्रपत्रिकामा गरेको रिपोर्टिङ र त्यसबाट बनेको जनमतका आधारमा अनुमान लगाउन सक्नुहुन्छ।’

 

सत्तारुढ दलले जोशीको नाम अस्वीकृतको तयारी गरिरहँदा प्रतिपक्षी दल नेपाली कांग्रेस भने त्यसको निर्णय गर्ने थलो पार्टी हो वा समिति भन्दै औचित्य खोज्ने तयारीमा छ। ‘पार्टीले निर्णय गर्ने अनि समितिले अनुमोदन गर्ने हो भने सुनुवाई समिति किन चाहियो, तीन-चारजना नेता बसेर निर्णय गरे भइहाल्यो,’ कांग्रेस सचेतकसमेत रहेकी समिति सदस्य पुष्पा भुसालले प्रश्न गरिन्, ‘पत्रपत्रिकाले लेखेकै आधारमा समितिले निर्णय गर्न मिल्छ वा त्यसको न्यायिक छानविन गर्नुपर्छ?’ उनले सही निर्णय पनि गलत प्रक्रियबाट भयो भने त्यो गलत हुने भन्दै न्यायिक छानविन कांग्रेसको बटमलाइन हुने बताइन्।

 

‘समितिले अस्वीकृत गरेरमात्र समस्याको समाधान निस्किँदैन, न्यायाधीश भएपछि इजलासमा उनले अहिलेसम्म गरेका फैसला के हुने,’ भुसालले भनिन्, ‘नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको प्रमाणित भए उनले सजाय पाउने कि नपाउने जस्ता विषय यसै छोडेर अस्वीकृत गर्नुमात्र समाधान हुन सक्दैन।’

 

सत्तारुद्ध र प्रतिपक्षबीच यस्तो तर्क वितर्क चलिरहँदा समितिको सभापतित्व गरिरहेका राजपा सांसद लक्ष्मणलाल कर्ण भने आजै निर्णयको पक्षमा देखिएका छन्। ‘पत्रपत्रिकामा आएका विषयमा मात्र हैन समितिमा पनि उहाँले डकुमेन्ट पेस गर्नुभएको छ, त्यसको अध्ययन गरिसकेपछि छानबिन समिति किन चाहियो ?’ कर्णले भने, ‘जे भए पनि आजैको बैठकले निर्णय गर्छ ।’