global ime bank Long Banner Ad

गृहपृष्ठ डा. केसीलाई पुरानै अनशनस्थलमा राखियो

डा. केसीलाई पुरानै अनशनस्थलमा राखियो

डा. केसीलाई पुरानै अनशनस्थलमा राखियो

अनशनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई जुम्लाबाट जबर्जस्त काठमाडौ ल्याएर त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । उनलाई अस्पतालको ईएनटी भवनको पुरानै अनशन स्थलमा राखिएको डा. केसीका सहयोगी अभिषेकराज सिंहले जानकारी दिए । डा. केसीलाई सरकारले हिजो सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याएको हो । डा. केसी काठमाडौ आउन नमानेपछि हिजो दिनभर जुम्ला सदरमुकाम तनावग्रस्त भएको थियो ।

प्रहरी र उनका समर्थकबीच झडप हुँदा तीन प्रहरी सहित ३० भन्दा बढी घाइते भएका थिए । स्थिति तनावग्रस्त भएपछि डा. केसी काठमाडौ आउन तयार भएका हुन् । त्रिवि शिक्षण अस्पतालमा  रािखए लगत्तै उनको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

उनी अनशन बसेको २१ दिन पुरा हुँदा समेत औपचारिक वार्ता हुन सकेको छैन । दुई पटक सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । सरकार पेलेरै जान लागेकाले वार्ता अनिश्चित भएको केसीका प्रतिनिधि सिंहले बताए । जुम्लामा भएको सरकारी दमनपछि परिस्थिति बदलिएकाले वार्ता अनिश्चत भएको उनले बताए । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी अनशन बसेको यो १५ औं पटक हो ।

प्रकाशित समय : १३:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु