गृहपृष्ठ मलेसिया प्रतिबन्धबारे बोले श्रममन्त्री विष्ट
मलेसिया प्रतिबन्धबारे बोले श्रममन्त्री विष्ट
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकलाई ठगिन नदिन सरकारले तत्कालका लागि मलेसिया रोजगारीमा जान रोक लगाउनु परेको बताएका छन् । मन्त्री विष्टले नेपाली कामदारलाई ठगिन नदिन सरकार गम्भीर भएको दाबी पनि गरे । मलेसिया सरकारसँग द्विपक्षीय सहमति गरी नेपाली श्रमिकलाई मलेसिया जान खुला गर्ने योजना रहेको उनले बताए ।
मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीमाझ विष्टले भने, ‘नेपाली कामदारलाई मलेसिया जाने व्यवस्था गर्न केही समय लाग्ने छ । वैदेशिक रोजगारीमा देखिएको सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ ।’
प्रकाशित समय : १८:५४ बजे


















