गृहपृष्ठ उपराष्ट्रपति कप महिला फुटबलको उपाधि एपीएफलाई

उपराष्ट्रपति कप महिला फुटबलको उपाधि एपीएफलाई

उपराष्ट्रपति कप महिला फुटबलको उपाधि एपीएफलाई

उपराष्ट्रपति कप महिला फुटबल लिगको उपाधि शसस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । सातोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिक गरिन् । प्रतियोगितामा एपीएफले अपराजित यात्रा कायमै राख्दै उपाधि जित्न सफल हुँदा आर्मीले पहिलो हार व्यहोरेको हो ।

पहिलो हाफको ४० औं मिनेटमा गोल गर्दै सावित्राले सुरुवाती गोल गरेकी थिइन् । पहिलो हाफमा एक गोलले अगाडि रहेको एपीएफले दोस्रो हाफमा थप २ गोल गरेको थियो भने १ गोल खायो । ४९ औं मिनेटमा आर्मीकी पुनम मगरले बराबरी गोल गरेकी थिइन् । त्यसपछि सावित्राले ५४औं र ८२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।

उपाधि विजेता एपीएफले नगद २ लाख पाउँदा उप विजेता भएको आर्मीले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । यसैगरी रौतहटले तेस्रो हुँदै ५० हजार प्राप्त गरेको छ ।

उपाधि होडबाट बाहिरिसकेको नेपाल पुलिस क्लबले काठमाडौंलाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो । पुलिसका लागि निरु थापाले ह्याट्रिक सहित ४ गोल गर्दा, निर्मला उपाध्यायले २ गोल गरिन । यसैगरी घिमकुमारी गुरुङ, निर्मला विक र मञ्जु गुरुङले एक एक गोल थपेका थिए ।

प्रकाशित समय : १८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु