गृहपृष्ठ ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई दिए अमेरिका भ्रमणको निम्तो
ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई दिए अमेरिका भ्रमणको निम्तो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् । पुटिनलाई आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न निम्तो दिएको ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् ।
ह्वाइट् हाउसका अनुसार पुटिनको अमेरिका भ्रमणको लागि तयारी सुरु भइसकेको छ । ट्रम्प र पुटिनबीच हालै फिनल्याण्डमा भएको बैठकलाई लिएर विवाद चर्किरहेको बेला पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको हो । पुटिनलाई अमेरिका भ्रमणमा बोलाइएको विषयमा रुसले कुनै प्रतिक्रिया दिएको छैन ।
प्रकाशित समय : १५:३६ बजे


















