गृहपृष्ठ प्रचण्ड भन्छन्- ओली सरकार घेराबन्दीमा पर्‍यो

प्रचण्ड भन्छन्- ओली सरकार घेराबन्दीमा पर्‍यो

प्रचण्ड भन्छन्- ओली सरकार घेराबन्दीमा पर्‍यो

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार घेराबन्दीमा परेको टिप्पणी गरेका छन् । उनकै शब्दमा ‘प्रतिक्रान्तिकारी’हरुले सरकारलाई घेराबन्दीमा पारेका हुन् ।

पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले प्रतिवादका लागि ‘आँखा तिखो र कान ठाडो’ बनाउन कार्यकर्तालाई निर्देशन पनि दिए । ‘सरकारसामु गम्भीर चुनौति छ, हामी समृद्धिका कुरा गरिरहेका छौँ, प्रतिक्रान्तिकारीहरु हामीलाई छिर्के लगाउने काम गरिरहेका छन्,’ प्रचण्डले भने, ‘जनतासँगको सम्बन्धलाई सुदृढ नबनाए क्रान्तिका उपलब्धि गुम्न सक्ने खतरा छ, त्यसैले तपाईंहरु सचेत रहनुपर्छ ।’

अध्यक्ष दाहालले क्रान्तिको उपलब्धिविरुद्ध प्रतिक्रान्तिकारीहरुले शक्ति परिचालन गर्ने गरेको लेनिनकालीन अतित पनि स्मरण गराए । उनले कर्मचारीहरुको उचित व्यवस्थापन गर्ने काममा ढिलाइ नगर्न सरकारलाई सुझाव पनि दिए ।

प्रकाशित समय : २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु