काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सरकारले कम्युनिस्ट सत्ताको अभ्यास गर्दैछ : रामचन्द्र पौडेल

7.06K
shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको चरित्र ठीक नभएको दोहोर्याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रकृयाबाटै कम्युनिस्ट सत्ताको अभ्यास गरिरहेको पौडेलले आरोप लगाए ।

‘सरकारको चरित्र ठीक भएन’ पौडेलले आइतबार विहान न्युजकारोबारसँग भने, ‘प्रधानमन्त्रीले कम्युनिस्ट सत्ताको अभ्यास गर्दैछन् ।’ पौडेलले अगाडि थपे, ‘लोकतान्त्रिक व्यवस्थामा आफखुसी निर्णय हुँदैन । सबैको राय लिनुपर्छ । तर सरकार विगतमा भएका संवैधानिक निर्णय समेत उल्ट्याउन उद्धत देखिन्छ ।’

जनताको दैनिक जिवनयापनलाई सहज बनाउन भन्दा हावादारी गफ गर्नमा सरकार माहिर देखिएको उनको टिप्पणी छ । जनताले न्युनतम विकासका पुर्वाधार सडक बिजुली समेतको सुविधा पाउन नसकिरहेका बेला रेलका कुरा गर्दै सरकारले जनता झुक्याउने खेल मात्र खेलिरहेको वरिष्ठ नेता पौडेलको भनाई रहेको छ ।

(वरिष्ठ नेता पौडेलसँगको विस्तृत अन्तार्वार्ताको लागि प्रतीक्षा गर्नुहोला ।)