गृहपृष्ठ सेयरबजारमा एक अर्बभन्दा बढीको कारोबार
सेयरबजारमा एक अर्बभन्दा बढीको कारोबार
काठमाडौं- धितोपत्र बजारमा यो साता १७९ कम्पनीको एक अर्ब ६८ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता ४० लाख २६ हजार ८१० कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार रकम गत साताको भन्दा १९.३ प्रतिशत कम हो । गत साता १ सय ८३ कम्पनीको दुई अर्ब आठ करोड ७३ लाख ५१ हजार रूपैयाँबराबरको ४७ लाख ४४ हजार ८१० कित्ता सेयर किनबेच भएको थियो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.८८ अंकले घटेर अन्तिम दिन १२ सय ५७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.७३ अंकले घटेर २६४.४६ अंकमा आइपुगेको छ ।
यो साता कारोबार रकमको आधारमा मेगा बैंक नेपाल अग्रस्थानमा छ । मेघा बैंकको सात करोड २७ लाख ८० हजार रूपैयाँबराबरको सेयर कारोबार भएको छ । यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता नेपाल सेवा लघुवित्त संस्थाको ६० लाख कित्ता साधारण शेयर स्टकमा सूचीकृत भएको छ ।
प्रकाशित समय : १९:१६ बजे




















