काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सभामुख र उपसभामुखका विषयमा लिखित जवाफ पेश गर्न अदालतको आदेश

47.63K
shares

उच्च अदालत तुल्सिपुर बुटवल इजालसले प्रदेश पाँचको प्रदेश सभाको सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने भन्दै परेको रिटमा प्रदेश सभा सचिवालयलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

नेपाली कांग्रेसले प्रदेश सभामा सभामुख र उपसभामुख एउटै दलको भएकोले संविधान बमोजिम फरक दल र फरक लिङ्गको हुनुपर्ने भन्दै रिट दायर गरेको थियो । अदालतले १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो ।

निवेदकको तर्फबाट अधिबक्ता नेत्रबहादुर नेपाल, शालिग्राम बञ्जाडे र कृष्ण प्रसाद पोखरेलले बहस गरेपछि बुटवल इजलाशका न्यायधिश लोहितचन्द्र शाहले लिखित जवाफ पेश गर्न आदेश दिएका हुन् ।

नेपाली कांग्रेसकी सांसद रिना नेपाल विकले अदालतमा सभामुख र उपसभामुखक फरक फरक दलको हुनु भन्दै बुटवल इजलाशमा रिट दायर गरेकी हुन् ।