काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कसले ताक्यो निरु पाललाई पेस्तोल ?

13.78K
shares

नेकपाकी सांसद निरुदेवी पाललाई अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल तेर्साएर धम्क्याएको विषय अहिले सतहमा छ । घटना मंगलबारको भएपनि सांसद पाललाई पेस्तोल तेर्साएर मोबाइल लुटिएको विषय बुधबार सार्वजनिक भएको थियो ।

प्रहरीले सांसद पालमाथि पेस्तोल ताक्ने व्यक्तिको खोजी तीव्र पारेको छ । महानगरीय प्रहरी परिसर टेकुले घटनाको सुक्ष्म अनुसन्धान गर्दै घटनामा संलग्न भएको आशंकामा ९० जनालाई पक्राउ गरिसकेको छ । दुई दिनमा ९० जना पक्राउ परेको परिसरका प्रवक्ता मोहन थापाले न्युज कारोबारलाई बताए ।

पक्राउ पर्नेमा यसअघि अपराधीक गतिविधिमा संलग्न रहेका व्यक्ति, टोले गुण्डा र सुचनाका आधारमा शंका लागेका व्यक्ति छन् । प्रहरी प्रवक्ता थापाका अनुसार पक्राउ परेका ९० जना मध्ये करिब ५० जनालाई अनुसन्धानपछि छोडएको र बाँकी ४० जनासँग अनुसन्धान भइरहेको छ ।

एकजना माननीय त्यसमाथि पनि सत्ता पक्षिय दल नेकपाका नेतृलाई वानेश्वरजस्तो व्यस्त र सुरक्षित स्थानमा पेस्तोल ताक्ने व्यक्ति को थियो ? कुन उद्देश्यले सांसद पाललाई पेस्तोल ताकिएको थियो, प्रश्न र घटना गम्भीर मात्रै होइन, कताकता संकास्पद जस्तो पनि देखिन्छ ।

घटना सोझै सुरक्षासँग जोडिएकाले राजधानीको सुरक्षाको जिम्मा लिएको महानगरीय परिसर घटनासँग गम्भीर बन्नु स्वभाविक हो । त्यसैले प्रहरीले शंकास्पद लागेका व्यक्तिलाई सूचनाका आधारमा पक्राउ गर्दै घटनाको सुक्ष्म अनुसन्धानमा लागेको छ । थापाले भने, ‘हामी यस घटनाको टंगो नलाग्दासम्म निरन्तर अनुसन्धानमा खटिने छौं ।’

संसदीय सुनुवाई समितिमा सांसद पालले दिएको बयानलाई मान्ने हो भने उनलाई भोलीपल्टकोे सुनुवाई समितिको बैठकमा नजान दबाब र धम्की दिइएको थियो । ‘यदी बुधबारको बैठकमा गइस् भने तेरो बाउले पनि तलाई बचाउन सक्दैन’ भन्दै उनीलाई धम्की दिइएको पालको दाबी छ ।

तर मंगलबार साँझ घटना भएपनि सांसद पालले यसको जानकारी प्रहरीलाई दिइनन् । बानेश्वर प्रहरी वृत्त वा महानगरीय प्रहरी परिसर वा अपराध महाशाखा कतै पनि यो घटनाको जानकारी र उजुरी छैन । प्रहरीले पनि यस घटनाबारे सञ्चारमाध्यममा समाचार आएपछि मात्रै थाहा पाएको बताएको छ । जोशीलाई साच्चिकै सुरक्षा थ्रेट थियो या प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी प्रकरणलाई डाइभर्ट गर्ने डिजाइन थियो भन्ने पाटो अनुसन्धानको अर्काे पाटो बन्न सक्ने प्रहरी श्रोतको दाबी छ ।

सांसद निरु पालले मंगलबार उक्त घटना भएको बताएलगत्तै बुधबार बिहानैबाट पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) लिएर हिँड्न थालेकी छिन् । त्यसो त उनले ब्यक्तिगत सुरक्षाकर्मी राख्नका लागि गरेको नाटक पनि हुनसक्ने अनुमान गरिएको छ ।