global ime bank Long Banner Ad

गृहपृष्ठ विश्व हेलिकोप्टर प्रतियोगिता सुरु, ३७ पाइलट सहभागी

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु, ३७ पाइलट सहभागी

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु, ३७ पाइलट सहभागी

बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ ।  प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता छ ।

मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६ औँ हो । यहाँ हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ । यहाँ सबैभन्दा धेरै पाइलटको समूह रुसले पठाएको छ । रुसबाट १३ जना हेलिकोप्टर पाइलट र चालक दलका सदस्य छन् ।

आयोजकका अनुसार सो प्रतियोगितामा बेलारुस, पोल्याण्ड, अष्ट्रिया, जर्मनी, चीन र युक्रेनको सहभागिता रहेको छ । यसक्रमा उडानका विभिन्न कला, नाविक विधा, विभिन्न खालका उडान र सुरक्षित अवतरणजस्ता सीपको बारेमा प्रतिस्पर्धा हुनेछ ।

यो प्रतिस्पर्धा सकिएपछि यही जुलाई २८ देखि २९ सम्म प्रतिस्पर्धास्वरुप वार्षिक उडान महोत्सव पनि आयोजना गरिएको छ । यस महोत्सवमा बेलुन र साना उडानको पनि प्रतिस्पर्धा गरिने छ । यस्तो प्रतिस्पर्धा हरेक वर्ष आयोजना हुने गरेको छ ।

(रासस)

प्रकाशित समय : २१:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु