काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालकका अपहरणकारीमाथि प्रहरीले चलायो गोली, दुई अपहरणकारी मारिए

14.83K
shares

 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरमा ‘बालक अपहरणकारी’माथि गोली चलाएको छ । प्रहरीको गोली लागी २ जनाको को मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझदेखि काठमाडौंको काँडाघारीका ११ वर्षीय निशान खड्का अपहरणमा परेका थिए । खड्का चमेली खड्काका छोरा हुन् ।

अपहरणमा परेका बालकको खोजीकार्यमा रहेको प्रहरी र अपहरणकारीबीचकाे मुठभेडका क्रममा २ जना अपहरणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार भक्तपुरको डोलेश्वरमा गोली प्रहार भएको थियो । मुठभेडका क्रममा प्रहरीकाे गाेली लागि अजय तामाङ र गाेपाल तामाङकाे मृत्यु भएकाे छ ।

अपहरणमा परेका बालक खड्काको हत्या भएको छ । प्रहरीका अनुसार अपहरणकारीले बालक खड्काको हत्या गरी ठिमी नगरपालिकास्थित एक घरमा शव राखेको अवस्थामा फेला परेको हो ।