काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

उत्तर कोरियालाई सहयोग गर्न राष्ट्रसंघको निर्देशिका

9.79K
shares

 

दक्षिण कोरियाले उत्तर कोरियाका लागि सरकारी स्तरबाटै मानवीय सहायता कार्यक्रम पुनः आरम्भ गर्ने तयारी गरेको छ । राष्ट्रसंघीय कार्यालयको अग्रसरतामा निर्माण गरिएको नयाँ निर्देशिका बमोजिम यस्तो सहायता कार्यक्रम अघि बढाउन लागिएको अधिकारीहरुले बताएका छन् ।

एक वर्षअघि, दक्षिण कोरियाले विश्व खाद्य कार्यक्रम र युनिसेफ मार्फत करिब ८० लाख अमेरिकी डलरको पोषणयुक्त खानेकुरा र खोपहरु जस्ता सहायता सामग्री प्रदान गरेको थियो । तर उत्तर कोरियाले आणविक परीक्षण समेतका कृयाकलापहरु अघि बढाएसँगै यो कार्यक्रम रोकिएको थियो ।

खाद्य उत्पादनमा आएको गिरावट र कुपोषणको अवस्थाबाट संकटमा परेको उत्तर कोरियाका लागि मानवीय सहायता उपलब्ध गराउने अमेरिकी प्रस्तावलाई राष्ट्रसंघीय सुरक्षा परिषदले मन्जुरी दिएको छ ।

नयाँ निर्देशिका बमोजिम राष्ट्रसंघ र अन्य समूहहरुलाई उत्तर कोरियामा आफ्ना कृयाकलाप अघि बढाउन सहज भएको छ । सुरक्षा परिषद् समितिले नै उत्तर कोरियाली सरकारमाथि लागेका प्रतिबन्धहरुको कार्यान्वयन अनुगमन गरिरहेको छ ।

‘हाम्रो सरकारले ८० लाख अमेरिकी डलर नै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ,’ नाम नबताउने शर्तमा ती अधिकारीले बताए । ‘अब काममा तीव्र प्रगति हुने अपेक्षा गरिएको छ ।’

राष्ट्रसंघको नयाँ व्यवस्थाले उत्तर कोरियाका लागि थप मानवीय सहायता जुटाउन सिओललाई पनि बाटो खुलेको छ ।