global ime bank Long Banner Ad

गृहपृष्ठ राहुल गान्धीले भने, मोदी चीनसँग झुक्ने पहिलो प्रधानमन्त्री

राहुल गान्धीले भने, मोदी चीनसँग झुक्ने पहिलो प्रधानमन्त्री

राहुल गान्धीले भने, मोदी चीनसँग झुक्ने पहिलो प्रधानमन्त्री

सन् २०१९ मा भारतमा निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै जाँदा त्यसलाई प्रभाव पार्नेगरी आरोप प्रत्यारोप हुनु स्वाभाविकै हो । यो भारतमा पनि हुन थालेको छ ।

त्यसो त सन् २०१४ मा सम्पन्न निर्वाचनमा सत्तारुढ कांग्रेस आईलाई नमिठो हार चखाएर भारतीय जनता पार्टीले सरकार निर्माण गर्याे । सन् २०१९ को निर्वाचन नजिकिँदै जाँदा यस पटक पनि कांग्रेस आई सन् २०१४ को नियती उल्टाउन सक्ने स्थितिमा नभएको टिप्पणीहरु भएका छन् ।

कांग्रेस आई खासगरी त्यसका अध्यक्ष राहुल गान्धीलाई प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौति दिनु सजिलो छैन तर प्रतिश्पर्धा पनि गर्नु पर्नेछ । त्यसैले उनले मोदीमाथिका टिप्पणीलाई महत्व दिएका छन् ।

कांग्रेस आई अध्यक्ष गान्धीले मोदीको चीन भ्रमणलाई लिएर उनी भारतको इतिहासमा चीनसँग झुक्ने पहिलो प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । मोदीको चीन भ्रमणको सन्दर्भमा एक ट्वीट गर्दै गान्धीले यस्तो बताएका हुन् । गान्धीले भाजपाको राष्ट्रवाद पनि देखिएको भन्दै व्यंग्यसमेत गरेको बिबिसीको हिन्दी संस्करणले लेखेको छ ।

प्रकाशित समय : १९:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु