गृहपृष्ठ त्रिशूली दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत

त्रिशूली दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत

त्रिशूली दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत

 

शुक्रबार दिउँसो पोखराको लागि काठमाडौंबाट छुटेको बस चितवनको इच्छामनकाना गााँउपालिका ३ चुम्लिङटारमा सवा १२ बजे त्रिशूली नदीमा खस्यो । उक्त दुर्घटनामा परि ८ जनाको मृत्यु तथा १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा १ बालक सहित ८ जनाको मृत्यु भएको चितवनका प्रहरी उपरिक्षक (एसपी) सुशील सिंह राठोरले न्युज कारोबारलाई बताए । बस त्रिशूलीमा खस्दा १६ जना घाईते भएको छन् ।

घाईतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज, धादिङ र पाेखरामा उपचार भईरहेको राठोरले बताए । घाइते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । गाडीमा ३० जना भन्दा बढी सवार रहेको प्रहरीले अनुमान गरेको छ ।

 

५ जना मृतकको सनाखत
दुर्घटनामा परि मृत्यु हुनेमध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पाल्पा वेगनासकालीकाका ३२ वर्षीय अर्जुन न्यौपानेको दुर्घटनामा परि मृत्यु भएको छ । त्यसै गरी सोही दुर्घटनामा परि मृत्यु हुनेमा तनहु भानु नगरपालिका ५ का २७ वर्षीय सुशील श्रेष्ठ, तनहु भन्सारकी २७ वर्षीय कमला श्रेष्ठ, काठमाडौंका ३० वर्षीय रवि गुरुङ तथा तनहु केसबटारका ४० वर्षीय बाबुराम तिवारी रहेका छन् । प्रहरीका अनुसार १ जना बालक र १ पुरुषको सनाखत हुन बाँकी छ ।

 

यसरी भएको थियो दुर्घटना
काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको गाडी आफ्नो गन्तव्य तिर गई रहेको थियो । आफ्नो गन्तव्यतर्फ गुडीरहेका बसलाई विपरित दिशाबाट आउदै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

ट्रकले ठक्कर दिए पछि गाडी करीब १०० मिटर तल नदीमा खसेको प्रत्यक्षदर्शीले बताएको छ । ट्रक धोएर सडक छेउमा आउदै गर्दा बससँग ठोकिन पुगेको थियो ।

प्रकाशित समय : २३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु