गृहपृष्ठ सीमाभन्दा बढी रकम बैंकमा राख्ने ६ म्युचुअल फन्ड कारबाहीमा

सीमाभन्दा बढी रकम बैंकमा राख्ने ६ म्युचुअल फन्ड कारबाहीमा

सीमाभन्दा बढी रकम बैंकमा राख्ने ६ म्युचुअल फन्ड कारबाहीमा

 

तोकिएको सीमाभन्दा बढी रकम बैंक निक्षेपमा लगानी गर्ने म्युचुअल फन्डलार्इ नेपाल धितोपत्र बोर्डले कारबाही अघि बढाएको छ । तोकिएको क्षेत्रमा लगानी नगरी बढी ब्याजका लागि बैंकमा पैसा राख्ने पाँचवटा म्युचुअल फन्डलार्इ धितोपत्र बोर्डले १५ दिने स्पष्टीकरण सोधेको हो ।

बोर्डले सिटिजन म्युचुअल फन्ड-१ को योजना व्यवस्थापक सिबिआर्इएल क्यापिटल, एनएमबी म्युचुअल फन्ड-१ अन्तर्गतको एनएमबी सुलभ इन्भेस्टमेन्ट-१ र एनएमबी हाइब्रिड फन्ड-१ को योजना व्यवस्थापन एनएमबी क्यापिटललार्इ स्पष्टीकरण सोधेको छ ।

त्यस्तै, लक्ष्मी म्युचुअल फन्डअन्तर्गतको लक्ष्मी इक्विटी फन्ड, लक्ष्मी भ्यालु फन्ड-१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र एनआर्इसी एसिया म्युचुअल फन्डअन्तर्गतको एनआर्इसी एसिया ग्रोथ फन्डको योजना व्यवस्थापक एनआर्इसी एसिया क्यापिटललाई स्पष्टीकरण सोधिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।

उनीहरुले बोर्डमा बुझाएको मासिक खुद सम्पत्तिसम्बन्धी विवरणअनुसार उक्त योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा तोकिएको सीमाभन्दा बढी निक्षेप राखेको पाइएको बोर्डले जनाएको छ । सामूहिक लगानी कोष नियमावली २०६७ को नियम ३६ मा योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ ।

प्रकाशित समय : २३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु