global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल आर्इएमई बैंक र दीर्घायु गुरु अस्पतालबीच सम्झौता

ग्लोबल आर्इएमई बैंक र दीर्घायु गुरु अस्पतालबीच सम्झौता

ग्लोबल आर्इएमई बैंक र दीर्घायु गुरु अस्पतालबीच सम्झौता

 

ग्लोबल आर्इएमई बैंक र चाबहिलको दीर्घायु गुरु अस्पताल एन्ड रिसर्च सेन्टरबीच सेवा आदानप्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा दीर्घायु गुरुका प्रबन्ध निर्देशक सुरजबला श्रेष्ठ र ग्लोबल आईएमईका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रवर्धन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।

बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ । सम्झौतासँगै दिर्घायु गुरु अस्पतालमा उपचार गराउँदा बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले अस्पतालले प्रदान गर्ने सेवामा १२ प्रतिशतसम्म छुट पाउनेछन् । ग्लोबलले आफ्ना ग्राहकलाई बैंकिङ सेवाका अतिरिक्त अन्य सुविधा प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गर्दै आएको छ ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु