काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल–चीन आवागमन बन्द !

14.28K
shares

ठाडोखोलाले भलपानीको पक्की पुल भत्काएपछि रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवागमन बन्द भएको छ । पुल अवरुद्ध हुँदा नेपालबाट–चीन नाका जाने आउने सवारी साधन रोकिएका छन् ।

जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकले आइतबारबाट अध्ययन थालेका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । चीन सरकारद्वारा निर्मित उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको पौडेलले बताए ।

शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा पानीको बहाव बढ्दा दक्षिणतर्फको पुलको जगमा क्षति पुगेको छ । सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक एक करोड रुपैयाँ नोक्सानी भएको भन्सार कार्यालयले जनाएको छ ।