global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा होमियौं : कमल थापा

नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा होमियौं : कमल थापा

नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा होमियौं : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राज्य बनाउने एजेन्डा समाप्त नभएको बताएका छन् । शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय हिन्दू राष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण कार्यक्रममा अध्यक्ष थापाले बहुसंख्यक जनता हिन्दू राष्ट्रको पक्षमा रहेकाले राप्रपाले एजेन्डा छाड्न नसक्ने बताएका हुन् ।

राप्रपाले विगतका वर्षदेखि सडक र सदनमा हिन्दू राष्ट्रको एजेन्डा उठाउँदै आएकाले यो एजेन्डा कसैले समाप्त पार्न नसक्ने उनको दाबी छ । बहुसंख्यक जनताको भावनालाई बोकेर नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानमा होमिएको अध्यक्ष थापाले बताए ।

प्रकाशित समय : ०४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु