काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

9.35K
shares

बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । मोरक्कोमा गएराति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–१ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । खेलको सुरुवाती अग्रता सेभियाले लिएको थियो । सेभियाका लागि पाब्लो साराबियाले गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम समयमा बार्साले खेल बराबर बनायो । उसका लागि जेरार्ड पिकेले गोल गरेका हुन् । बार्साको लागि खेलको ७८ औं मिनेटमा डेब्बेलेले गोल गर्दै खेल दोब्बर बनाए । लगत्तै सेभियाले पेनाल्टी मार्फत खेल बराबरी बनाउने मौका पायो । सेभियाका डेयरको प्रहार टेरस्टेगनले रोकेपछि उपाधि बार्सिलोनाले हात पार्न सफल भएकाे हाे  ।