काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भेट्रान कप फुटबल प्रतियोगिता आजदेखि

32.3K
shares

 

खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आज (सोमबार) देखि सुरु हुँदैछ । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा हुने प्रतियोगितामा मोफसलका पाँचसहित १४ टोलीको सहभागिता रहनेछ । नकआउट आधारमा हुने प्रतियोगिताका विजेताले एक लाख र उपविजेताले ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन् । खेल चाबहिलस्थित गणेशस्थानमा हुनेछ ।

प्रतियोगिताको एसियन इन्टरटेन्मेन्ट एन्ड जुना फिल्मसले मुख्य प्रायोजन गरेको छ । भदौ २ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुनेछन् । पहिलो खेल कलाकार भेट्रान र सजन स्मृति तथा दोस्रो खेल बनेपा र टुसालबीच हुने आयोजकले जनाएको छ ।