काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भ्रष्टारसम्बन्धी कडा कानुन ल्याउनुपर्छ : नेता नेपाल

8.84K
shares

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणको काममा चरम लापरवाही हुँदै गएको बताएका छन् । नेपालीपन राष्ट्रिय साप्ताहिकको तेस्रो वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले विकास निर्माणमा ठेकेदारले चरम लापरवाही गर्ने गरेको बताउँदै कडा कानुन नहुँदा गलत गर्नेहरु ठाडो शिर बनाएर हिँडिरहेको बताए ।

रौतहटमा भएको डुङ्गा दुर्घटनाको प्रसङ्ग जोड्दै उनले भने, ‘पाँच वर्षअघि बोलपत्र भएर पनि आजसम्म पुल नबन्दा जिल्लावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्, पुल नबनाउने ठेकेदारलाई अब कडा कारवाही गर्नुपर्छ ।’ भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी काम गर्न नसकेको बताउँदै उनले भ्रष्टाचारसम्बन्धी कडा कानुन ल्याउनुपर्नेमा जोड दिए ।

मुलुकमा बलात्कारका घटना बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘बलात्कारीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्छ, उन्मुक्ति दिनु हुँदैन ।’

सो अवसरमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पत्रकारिता जगत् कसैको प्रयोगशाला बन्न नहुने बताए । उनले भने, ‘केही सञ्चार गृह अहिले लगानीकर्ताको इच्छाअनुसार समाचार बनाइरहेका छन्, पत्रकारिताको नाममा तिनीहरु कसैको प्रयोगशाला त बन्दै छैनन् भन्ने प्रश्न उठिरहेको छ ।’ राजनीतिक लडाइँले लाखौं युवाको आँशु र परिश्रम विदेशमा बगेको बताउँदै उनले भने, ‘अब राजनीतिक लडाइँ, होइन, मुलुक समृद्धितर्फ लैजान सबै मिल्नुपर्ने दिन आएको छ ।’

 

रासस