काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अदालतको आदेशपछि आरोपी छविलाल पौडेल रिहा

13.34K
shares

गोरखाका फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणका आरोपी छविलाल पौडेल रिहा भएका छन् । चितवन जिल्ला अदालतको आदेशपछि डिल्लीबजार कारागारमा रहेका उनी सोमबार बिहान रिहा भएका हुन् । रिहा भएलगत्तै आफन्तले पौडेललाई माला लगाएर र बाजा बजाएर स्वागत गरेका थिए ।

रिहाइपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले पीडित परिवारले घटनाबारे नबुझेर आफूविरुद्ध उजुरी हालेको बताएका छन् । उजुरी हाल्नेलाई पछि पछुतो हुने बताउँदै उनले सत्य कुरा बुझ्न पीडित परिवारलाई आग्रह गरे ।

कृष्णको तत्कालिन माओवादीले हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारी र गंगामाया अनशनमा बसेका थिए । अनशनकै क्रममा नन्दप्रसादको मृत्यु भएको थियो भने गंगामायाल अनशन नतोडेकी छिन् ।

कृष्णको २०६१ साल जेठमा चितवनमा हत्या भएको थियो । सो घटनाका १२ जनलाई आइतबार चितवन जिल्ला अदालतले सफाइ दिएको थियो ।