global ime bank Long Banner Ad

गृहपृष्ठ घिमिरेले बुझाए प्रचण्ड केपीलाई ध्यानाकर्षण पत्र

घिमिरेले बुझाए प्रचण्ड केपीलाई ध्यानाकर्षण पत्र

घिमिरेले बुझाए प्रचण्ड केपीलाई ध्यानाकर्षण पत्र

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता सिफारिसमा रुपन्देहीमा साविक एमालेभित्रको सिफारिसप्रति जिल्ला कमिटीका उपाध्यक्ष पुरुषोत्तम घिमिरेले अध्यक्षद्वय प्रचण्ड र केपि ओली तथा महासचिव तथा सचिवालयसमक्ष ध्यानाकर्षण पत्र दर्ता गराएका छन् ।

उनले ध्यानकर्षणपत्रमा ‘मैले साविक जिल्ला कमिटीको उपाध्यक्ष भएर कार्यवाहक अध्यक्ष भई स्थानीय निर्वाचन र मेचिमहाकाली अभियान जस्ता महत्वपूर्ण अभियानहरु सफलतापूर्वक सञ्चालन गरेको छु । त्यसले परिणाम पनि दिएको छ । साविक अध्यक्ष शिव सुवेदी मेयरमा निर्वाचित भएपछि एकता प्रक्रियामा स्वाभाविक रुपमा साविक एमालेले अध्यक्ष पाउँदा म अध्यक्ष सिफारिस हुनु पर्ने हो । तर अन्यथा सिफारिस भएको सुनिएकोले त्यसप्रति गम्भीर असहमती रहेको’ उल्लेख गरेका छन् ।

घिमिरेले आफ्नो इच्छा र सहमतिविपरित अन्य व्यक्तिका पक्षमा सिफारिस जाने भनेको प्राकृतिक न्यायको सिद्धान्त समेत विपरित छ । पार्टीमा विधि र लोकतन्त्र दुवै स्थापित भएन भन्ने प्रतिक्रिया दिएका छन् ।

उनले रुपन्देहि जिल्ला को आठौं जिल्ला अधिवेशनको स्मरण गराउँदै आफु अधिवेशनमा अध्यक्षको उम्मेदवार रहेको र पार्टी उपमहासचिवद्वयबाट अहिले शिव सुवेदीलाई सहमति गरौं अर्को पटक तपाई हुनुहोला भन्नु भएरै उम्मेदवारी छाडेको पनि उल्लेख गरेका छन् । ध्यानाकर्षणमा ‘पार्टीमा सत्ता र शक्तिले मान्छे र संस्थालाई अन्धो बनाउँछ भन्छन्, हाम्रो पार्टीमा त्यस्तो नहोस भन्ने अनुरोध पनि गरेका छन् ।’

केन्द्रले बनाएको कार्यदलले एक पटक पनि आफूसँग परामर्श नगरेकोमा पनि उनले आक्रोश पोखेका छन् । प्रदेश नं ५ को सिफारिस कुनै मापदण्डमा आधारित नभएकोले विवादित बनेको छ । कार्यदलमा शंकर पोखरेल, दल बहादुर राना, मणि थापा र गणेश पुन सदस्य थिए ।

कार्यदलले पार्टी प्रदेश कार्यलय सचिव गोपाल भटराईलाई रुपन्देही जिल्ला अध्यक्ष सिफारिस गरेको कुरा यस अघिनै सार्वजनिक भएको थियो । तर केन्द्रिय सचिवालयले कार्यदलका सिफारिस बारे कुनै निर्णय गरेको छैन ।

 

याे पनि पढ्नुहाेस् :

नेकपामा अन्तर्कलह : उपेक्षा गरिएको नेपाल पक्षको बुझाइ

नेकपाभित्र लफडा : झलनाथ खनालपछि माधव नेपाललाई गुटको धक्का

 

प्रकाशित समय : ०२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु