global ime bank Long Banner Ad

गृहपृष्ठ खाद्य सम्प्रभुता सम्बन्धी विधेयकमाथि समितिमा छलफल शुरु

खाद्य सम्प्रभुता सम्बन्धी विधेयकमाथि समितिमा छलफल शुरु

खाद्य सम्प्रभुता सम्बन्धी विधेयकमाथि समितिमा छलफल शुरु

‘माननीयज्यू, ! गणपूरक संख्या पुगेन । बैठक स्थगन भयो आइदिनुहोस्न’ ! कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका कर्मचारी अस्मिता दाहालले पटक पटक टेलिफोनमार्फत अनुरोध गरिन् ।

समितिका सभापति सत्यनारायण शर्मा खनालले सांसदलाई टेलिफोन गरी बैठकमा बोलाउन निर्देशन गरेपछि कर्मचारी दाहालले टेलिफोनमार्फत आग्रह गरेकी हुन् ।

संघीय संसद् सचिवालय सिहंदरबारमा सोमबार बसेको समितिको बैठकले मङ्गलबार ११ बजे पुनः बस्ने निर्णय गर्दै उक्त बैठकमा खाद्य तथा खाद्य सम्प्रभुतासम्बन्धी विषयको दफाबार छलफलमा भाग लिने भन्ने निर्णय भएको बताइएको छ ।

समितिले ११ बजे बोलाएको बैठकमा ११ः३७ बजेसम्म बहुमत सदस्य अनुपस्थित भएकाले १२ बजेसम्मका लागि सभापति खनालले बैठक स्थगित गरे ।

विषयगत छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्री उपस्थित नभएका कारण बाध्य भई सभापतिले केही समयका लागि बैठक स्थगित गरेका हुन् । संसदीय परम्पराअनुसार दफावार छलफलमा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरी र सचिव डा. युवकध्वज जिसी बैठकस्थलमा १२ः५ बजे उपस्थित भएपछि बैठक राख्न खोज्दासमेत समितिमा गणपूरक संख्या पुगेन ।

समितिमा २५ सांसद छन् । जबकि गणपूरक संख्याका लागि अनिवार्य १३ जना उपस्थित हुनुपर्छ । केही समयको पर्खाइपछि अन्ततः सोमबार सो समितिको बैठक १२ः३७ मा शुरु भयो ।

बैठकमा दिव्यमणि राजभण्डारी, कृष्णभक्त पोखरेल, पार्वतीकुमारी विसुंखे, लक्षमणलाल कर्ण, सुजता परियार, रेखा शर्मा, लालबहादुर थापा, प्रेम सुवाल, पार्वत गुरुङ, सुजिता शाक्य, मैना भण्डारीले संशोधनका लागि समितिमा पेश भएको ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ संशोधन गर्नुपर्ने कारण र व्याख्यामा भाग लिएका थिए ।

उनीहरुले जमीन बाँझो राख्न नपाउने, कृषिमा अनुदान बढाउनुपर्ने, बैंकिङ कर्जालाई सर्वसुलभ बनाइनुपर्ने भूमिहीन सुकुम्वासी, कृषि मजदुर, अल्पसंख्यक, पिछडा वर्गलाई भूमि वितरण गर्नुपर्ने बताएका थिए ।

समितिमा सोमबारैदेखि ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’ माथिको दफावार छलफल शुरु भएको छ । समितिमा पेश भएको उक्त विधेयकमा ८ परिच्छेद र ४६ धारा छन् । रासस ।

प्रकाशित समय : ००:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु