global ime bank Long Banner Ad

गृहपृष्ठ खानेपानीको समस्या सुल्झाउन नयाँ योजना

खानेपानीको समस्या सुल्झाउन नयाँ योजना

खानेपानीको समस्या सुल्झाउन नयाँ योजना

खानेपानी मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी विवरण संकलन अभियान थालेको छ ।

खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो । मन्त्रालयले खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदाय तथा क्षेत्रहरुको विवरण संकलन गरी त्यसको आधारमा नयाँ योजनाहरु बनाउने तयारी गरेको छ ।

खानेपानी मन्त्री बिना मगरले यो विवरण संकलन गर्नुको उद्देश्य खानेपानीको समस्या भोगिरहेका जनतालाई पानीको सुविधा पुर्याउनु नै रहेको बताइन् । उनले भनिन्, ‘कस्ता कस्ता ठाउँहरुमा खानेपानीको समस्या रहेछ त्यो कुरा थाहा पाउनु पर्ने अत्यन्तै जरुरी छ । खानेपानी लिन विशेष गरी गृहिणी महिलाहरु घण्टौं घण्टा सम्म हिड्नुपर्ने बाध्यतालाई सुल्झाउन मन्त्रालयले यस्तो कदम चालेको हो । यसको आधारमा हामी नयाँ योजनाहरु बनाउँछौं ।’

एक हप्ताभित्र विवरण पठाउन मन्त्रालयले देशै भरिका घर परिवार, सामाजिक संघ संस्था र स्थानीय तहहरुलाई अनुरोध गरेको छ । खानेपानी संकलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने समुदायका लागि सम्पर्क गर्न मन्त्रालयले टोल फ्रि नम्बरको समेत व्यवस्था गरेको छ । जसका लागि १६६००१४२१११ नम्बरमा निःशुल्क फोन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय : ००:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु