काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनगढी उपमहानगरको सवा करोड ‘बालुवामा पानी’

10K
shares

 

धनगढी उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७४/७५ मा सञ्चालन गरेको सीपमूलक कार्यक्रम ‘बालुवामा पानी‘ बराबर भएको छ । सीपमूलक तालिम लक्षित वर्गभन्दा बजेट सक्नमा केन्द्रित गरिएपछि एक करोड २५ लाख बजेट खेर गएको हो ।

 विभिन्न शीर्षक दिएर सञ्चालन गरिएका २० भन्दा बढी तालिममा नगर क्षेत्रका ४ हजार ३ सय ४० जनालाई सहभागी गराइएको थियो । वडा कार्यालयमार्फत सञ्चालन गरिएका लक्षित वर्गका विभिन्न कार्यक्रम परिणाममुखी नभएपछि लगानी बालुवामा पानी जस्तै भएको छ ।

 नगर क्षेत्रका ४३ सय जनालाई आर्थिक विकास, क्षमता विकास र सीप विकाससम्बन्धी तालिममा प्रदान गरेको थियो । तर, सीप सिकेपछि कतिले सदुपयोग गरे भन्ने कुराको कुनै लेखाजोखा छैन । चार हजारभन्दा बढिलाई सीप विकास, क्षमता विकास र आर्थिक विकाससम्बन्धी विभिन्न तालिम दिइए पनि त्यसबाट के–कति व्यक्ति आत्मनिर्भर भए वा व्यावसायिक बने भन्ने तथ्यांक उपमहानगरसँग छैन । तथ्यांक प्राप्त गर्न विस्तृत अध्ययन आवश्यकता पर्ने हुँदा तत्कालै कति जना व्यावसायिक बने भन्ने कुरा भन्ने नसकिने उपमहानगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख टंक विष्ट बताउँछन् ।

धनगढी उपमहानगरपालिकाका केही वडामा गरिएको अध्ययनका क्रममा झन्डै ९५ प्रतिशत व्यक्तिले आफूले सिकेको सीपलाई व्यावसायिकता दिन नसकेको पाइएको छ । बेमौसमी तरकारीखेती तालिम लिएका तीन सय ६६ जनामध्ये २० जनालाई प्रश्न गर्दा एक–दुर्इ जना बाहेक अरुले सीप सदुपयोग गर्न नसकेको बताए ।

प्राथमिकताभन्दा पनि पहुँचकै भरमा सहभागी छनौट गरिएपछि लक्षित वर्गसम्म सीपमूलक तालिम पुग्न सकेको देखिएको छैन । सीपमूलक तालिम पाएकाहरुको सूचीमा जनप्रतिनिधिकै नाम पनि भेटिएको छ भने अधिकांशले आफूले गरिरहेको पेसाभन्दा अन्य पेसा गर्नका लागि सीपमूलक तालिम लिएको भेटिएको छ । जनप्रतिनिधिले आफूनिकटका संघ-संस्थालाई कार्यक्रम दिएर बजेट सक्ने मेसोमात्र बनाएका कारण यस्तो स्थिति आएको स्थानीयको आरोप छ । बजेट सक्न अधिकांश वडाले स्कुले विद्यार्थीलाई तालिम दिएका छन् ।

 एक महिने ब्युटिपार्लर तालिममा सहभागी वडा नम्बर २ की दीपा भट्टले पढाइ भएका कारण सीपलाई व्यावसायिकता दिन नसकिएको बताइन् । लक्षित वर्गका कार्यक्रम जनप्रप्रतिनिधिका लागि कार्यकता खुसी पार्ने माध्यम बनेपछि उपहानगरपालिकाका ४ हजार जनामा गरिएको एक करोड २५ लाखको लगानी बालुवामा पानी जस्तै भएको छ । जसले गर्दा धनगढीको श्रमबजार अहिले पनि भारतलगायतका देशको भरमा सञ्चालन भईरहेको छ ।