गृहपृष्ठ ३५ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक
३५ घण्टापछि खुल्यो नारायणगढ-मुग्लिन सडक
पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड ३५ घण्टापछि दुईतर्फी खुलेको छ । सो सडकखण्डको विभिन्न ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको थियो । पहिरो हटाउने काम जारी रहेपनि गाडीको चाप बढेकाले दुईतर्फी बाटो खोलिएको प्रहरीले जनाएको छ ।
गएराति भने एकतर्फ बाटो खुलाइएको थियो । सडक अवरुद्ध हुँदा तीजका लागि माइत हिडेका महिला समस्यामा परेका थिए ।
प्रकाशित समय : १८:०८ बजे



















