गृहपृष्ठ गायक तथा नाट्यकर्मी रिमालको निधन
गायक तथा नाट्यकर्मी रिमालको निधन
गायक तथा नाट्यकर्मी हरिप्रसाद रिमालको निधन भएको छ । ९३ वर्षको उमेरमा गएराति उनको निधन भएको हो ।
रिमालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान १० बजेसम्म उनकै निवासमा राखिने र त्यसपछि पशुपति आर्यघाट अन्त्यष्टि गरिने आफन्तले बताएका छन् ।
रिमालको ‘फगत एक नजरमा कसैले लियो मन’ लगायत गीत चर्चित छ । आमा, मनको बाँध,सन्तान लगायतका नाटकमा अभिनय गरेका छन् । उनी रेडियो नेपालका पहिलो गायक समेत थिए ।
प्रकाशित समय : १५:०२ बजे



















